नाटुको प्रशिक्षण कार्यक्रम १२ जिल्लामा सम्पन्न

नेपाल अटो मेकानिक्स ट्रेड युनियन केन्द्रिय प्रशिक्षण विभागबाट संचालित अटो मेकानिक्सहरुलाई बेसिकदेखी एडभान्स लेबलको प्रशिक्षण सम्पन्न लुम्बिनी प्रदेशभरी ३ महिनामा १२ जिल्लाका विभिन्न १० ठाउँमा ८०० भन्दा बढी गाडी, मोटरसाइकल, टेम्पो र इभीका मेकानिक्सहरुको सहभागी सँगैं कार्यक्रम सम्पन्न भएको छ ।

लुम्बिनी प्रदेशको भालुवाङमा बिहान १० देखी ३ सम्म संचालित कार्यक्रममा २१ जना अटो मेकानिक्सहरुको उपस्थिती रहेको थियो ।

लमही घोराही, तुल्सीपुरलाई लिएर लमहीमा भएको प्रशिक्षण कार्यक्रममा ६२ जना गाडी र मोटरसाइकल मेकानिक्सहरु उपस्थित थिए ।

कोहलपुर, नेपालगन्जका मेकानिक्सहरुलाई कोहलपुर, चौराहामा निम कटेजमा कोहलपुर नगर कमिटीको अध्यक्षतामा बिकास बुढाथोकीसंगैं ७० जना गाडी, मोटरसाइकल, टेम्पो र इभीका मेकानिक्सहरु सहभागीसँगैं कार्यक्रम सम्पन्न भएको थियो ।

सो प्रशिक्षण कार्यक्रममा मेकानिक्सहरुलाई बेसिकदेखी एडभान्स लेबलको प्रशिक्षण दिएको जानकारी केन्द्रिय प्रशिक्षण विभाग प्रदेश समायोजनका प्रशिक्षक तथा कार्यक्रम संचालक अर्जुन भन्डारीले दिनुभएको छ ।

देशभर नैं प्रत्यक्ष भएको यो प्रशिक्षण कार्यक्रम विभिन्न स्थानहरु नवलपरासी, भैरहवा, तिलोत्तमा, बुटवल, पाल्पा, कपिलवस्तु, अर्घाखाँची, दाङ भालुवाङ, लमही, कोहलपुरमा सम्पन्न भयो ।

उक्त कार्यक्रम केन्द्रिय प्रशिक्षण विभाग प्रदेश समायोजनका प्रशिक्षक तथा संचालक अर्जुन भन्डारी, सहायक प्रशिक्षक सरोज चौधरी प्रदेश सदस्य सुमन पोख्रेल र इस्टाक अहमतले दिनुभएको थियो ।

नाटुले आगामी १ वर्ष भित्र ७ वटैं प्रदेशमा यस्ता प्रशिक्षण गरी सबै मेकानिक्सहरु सामु पुराउने कार्यक्रम रहेको जानकारी गराएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *