लुम्बिनी प्रदेशमा राजस्वमा वृद्धि

यातायातका साधन चलाउँदा नियम उल्लंघन गरेका कारण कारबाहीमा पर्नेहरूको संख्या बढ्नुका साथै राजस्वमा समेत वृद्धि भएको छ।

आर्थिक वर्ष ०७७/७८ मा २ लाख ८६ हजार ३६९ सवारी कारबाहीमा परेका थिए। जसबाट १९ करोड ३२ लाख ४२ हजार ५ सय रुपैयाँ राजस्व संकलन भएको थियो।

त्यस्तै, आर्थिक वर्ष ०७८/७९ मा २ लाख ८४ हजार ८ सय ९९ वटा सवारी कारबाहीमा परेकोमा २० करोड ८ लाख ९५ हजार रुपैयाँ राजस्व संकलन भएको देखिन्छ।

गत आर्थिक वर्ष ०७९/८० मा २ लाख ९६ हजार ३ सय ४५ वटा कारबाही भएको र २१ करोड ७१ लाख ७४ हजार ५ सय रुपैयाँ राजस्व संकलन भएको थियो।

गत आर्थिक वर्षमा मात्र प्रदेशभर ३ लाख ५८ हजार ७६३ जनालाई ट्राफिक सचेतनामूलक कार्यक्रम गरिएको भए पनि सवारी कारबाहीमा पर्नेको संख्यामा भने न्यूनीकरण हुन सकेको देखिँदैन।

रोल्पामा साउनयता सातजनाको मृत्यु
जिल्ला ट्राफिक प्रहरी कार्यालय रोल्पाका अनुसार रोल्पामा चालू आर्थिक वर्षमा मात्र सातजनाले सवारी दुर्घटनामा ज्यान गुमाएका छन्।

सातवटा सवारी दुर्घटनामध्ये चालकको लापरबाहीका कारण चारवटा, यान्त्रिक गडबडीका कारण दुईवटा र यात्रुका कारण एउटा दुर्घटना भएको प्रहरी सहायक निरीक्षक नारायण भण्डारीले जानकारी दिए।

गत आर्थिक वर्षमा २७ वटा सवारीसाधन दुर्घटनामा परेकोमा १४ पुरुष, तीन महिला र एक बालक गरी १८ जनाको मृत्यु भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *