लुम्बिनी प्रदेशमा सवारी दुर्घटनामा कमी

लुम्बिनी प्रदेशमा विगतको तुलनामा सवारी दुर्घटनामा कमी आएको देखिएको छ।

प्रदेशको उद्योग, पर्यटन तथा यातायात व्यवस्था कार्यालयको गत त्रिवर्षीय तथ्यांक हेर्दा सुरुका दुई वर्षमा भन्दा आर्थिक वर्ष ०७९/८० मा दुर्घटना घट्दै गएको देखिन्छ।

कार्यालयका अधिकृत टुकराज पाण्डेका अनुसार प्रदेशमा आर्थिक वर्ष ०७७/७८ मा पाँच सय २६ जनाको मृत्यु भएको थियो भने आर्थिक वर्ष ०७८/७९ मा पाँच सय ५१ जनाको मृत्यु भएको देखिन्छ।

तर, आर्थिक वर्ष ०७९/८० मा भने यो संख्या चार सय ६२ मा झरेको छ।

तथ्यांकअनुसार सवारी दुर्घटनामा पनि कमी आएको छ।

सुरुमा एक हजार २११, दोस्रो आ.व.मा एक हजार १६४ र तेस्रो आ.व.मा ८९२ वटा सवारी दुर्घटना भएको छ।

दुर्घटनामा परी क्रमशः १ हजार ८३, एक हजार १२३ र ७९९ जना गम्भीर घाइते भएका थिए भने क्रमशः २४, ३३ र ३२ वटा पशु-चौपायाको मृत्यु भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *