नाडा केन्द्रीय समितिमा समेत नरहेका चौंधरी पुनः अध्यक्षमा

अटोमोबाइल व्यवसायीहरुको छाता संस्था नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको (नाडा) को ४७औं वार्षिक साधरण सभा तथा निर्वाचन पुस २० र २१ गते काठमाडौंमा हुने भएको छ ।

यस अगाडिको निर्वाचनमा अध्यक्षमा ध्रुव थापासँग पराजीत सिजी होल्डिङसका करण चौधरी यस पटक पनि नाडा अध्यक्षमा उठ्ने भएका छन् ।

नाडा केन्द्रीय कार्य समितिका पदाधिकारी तथा सदस्यहरु समेत नरहेका चौंधरी पुनः अध्यक्ष पदको लागि चुनावमा भिड्ने भएका छन् ।

यस अगाडिको निर्वाचनमा पनि निकैं कडा प्रतिस्पर्धा भएको र हालसम्मकैं एतिहासिक भई धेरैं सदस्यहरु समेत थपिएको थियो ।

सिजी होल्डिङसका करण चौधरीसँग गोल्छा ग्रुपका आकाश गोल्छा र प्रकाश कपुरी चुनावी प्रतिस्पर्धामा होमिने छन् ।

बिगत २५ वर्षदेखि अटोमोबाइल व्यवसायमा आबद्ध कपुरी एक दशकदेखि नाडा कार्यसमितिमा सक्रिय छन् ।

नाडामा उपाध्यक्षसहित विभिन्न उपसमितिको संयोजक भएर काम गरिसकेको अनुभव कपुरीसँग छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *