NAIMA को सहकार्यमा “शार्क संवाद” सम्पन्न

नेपाल सरकार, युवा श्रम तथा रोजगार मन्त्रालयको आयोजनामा इटहरीमा सञ्चालन भइरहेको सीप तथा रोजगार मेला–२०८३ अन्तर्गत NAIMA संगको सहकार्यमा “Career Udan : आजका युवा, भोलिका उद्यमी; शार्क संवाद” सम्पन्न भएको छ।

संवादमा नेपालका २ शार्क, NAIMA को अध्यक्ष तथा VOITH का Managing Director रितु सिंह वैद्य र Agni Group का Managing Director क्याबिनेट श्रेष्ठले उद्यमशीलता, व्यवसायिक यात्रा, सीप विकास र युवाका सम्भावनाबारे युवाहरुसँग आफ्ना अनुभव, ज्ञान र विचारहरू साथै नेपालको सन्दर्भमा उद्यमशीलताको सम्भावनाबारे अन्तरसंवाद गर्नुभयो ।

यस अन्तर संवादमा Idea Preneur Nepal का संस्थापक, उद्यमी तथा Financial Educator सञ्जोग कोइरालाले सहजिकरण गरि सहायोग गर्नुभएको थियो।

युवा पुस्तामा उद्यमशीलता, व्यवसायिक यात्रा, सीप विकासमा सरकारसँग NAIMA को सहकार्य निरन्तर रहनेछ ।

युवा पुस्ता र उद्योगबीचको संवादलाई सुदृढ गर्दै सीप, उद्यमशीलता र अवसरलाई जोड्ने दिशामा यस्ता संवादहरू महत्वपूर्ण रहने NAIMA ले विश्वास लिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *