नेपालको लागि भेस्पा तथा अप्रिलियाको आधिकारिक वितरक डेल्टा अटोकर्प प्रालिले धनगढीमा नयाँ शोरुम विस्तार गरेको छ।
भेस्पा, अप्रिलिया प्रति बढ्दै गएको युवापुस्ताको रुचि र ग्राहकवर्गको सहजतालाई मध्यनजर गर्दै धनगढीमा नयाँ शोरुम खोलिएको कम्पनीले जनाएको छ।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै डेल्टा अटोकर्प प्रालि का निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत विजय कुमार महतोले भने, ‘ युवापुस्ताको पहिलो रोजाइमा पर्ने स्कुटर भेस्पा, अप्रिलियालाई देशैभर सहज उपलब्ध गराउने हाम्रो योजना अनुरुप आज धनगढीमा नयाँ शोरुम उद्घाटन गर्न पाउदा हामी अत्यन्तै उत्साहित छौं।
यस शोरुमबाट अबको दिनमा अन्य शोरुमबाट झैं सेवा, सुविधा प्रदान गर्नेछ।
ग्राहकवर्गको इच्छा र अपेक्षा पूरा गर्नु नै हाम्रो लक्ष्य रहेको र सोही अनुरुपको सेवा, सुविधा बिस्तार गर्दै लैजाने प्रतिबद्धता व्यक्त गर्दछौं।’
कम्पनीले देशैभर शोरुम र आधिकारिक सर्भिस सेन्टरको सुविधा बढाउँदै आइरहेको छ।
धनगढी उप महानगरपालिका ४ स्थित वेस्टर्न म्याक नेपाल प्रालिबाट अब नाडामा हालसालै लञ्च भएको छ।
नेपालकै पहिलो १७५ सिसीको, एकदमै पावरफुल, स्टाइलिस र बेस्ट पर्फर्मेन्सको नयाँ अप्रिलिया एसआर १७५ र भेस्पाको अत्यन्तै आकर्षक लाइल्याक र ओरो गोल्डेनको दुई नयाँ कलर सहित आफ्नो चाहना अनुरुपको मोडल तथा कलरमा भेस्पा तथा अप्रिलिया स्कुटर ग्राहकले खरिद गर्न सक्नेछन् ।