पोखराका अटो व्यवसायीहरुले गरे आर्थिक सहयोग

हालैको भोटेकोशी बाढी तथा प्राकृतिक विपत्तिबाट प्रभावित परिवारको राहत तथा पुनः स्थापनाका लागि पश्चिमाञ्चल अटोमोबाइल्स डिलर्स एसोसिएसन (वाडा) ले १ लाख २१ हजार ४६ रुपैयाँ सङ्कलन गरेको छ।

विपत्तिमा परेका नागरिकलाई सहयोग पुर्‍याउने उद्देश्यले वाडाले सञ्चालन गरेको राहत अभियानमा संस्थाका पूर्व अध्यक्ष, सल्लाहकार, पदाधिकारी, कार्यसमिति सदस्य र व्यवसायीहरूले यो रकम जुटाएका हुन्।

उक्त रकम कास्कीका प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङमार्फत् प्रधानमन्त्री राहत कोषमा पठाइएको छ ।

विपत्तिको समयमा गरिएको सानोभन्दा सानो सहयोगले पनि पीडित परिवारको जीवनमा ठूलो आशा र राहत ल्याउन सक्छ,’ संस्थाका कोषाध्यक्ष अशोक चालिसेले भने, ‘हाम्रा व्यवसायी साथीहरूले व्यावसायिक व्यस्तताका बीच पनि मानवीय भावना र सामाजिक उत्तरदायित्व दर्साउनुभएको छ।’

राहत अभियानमा सहभागी भई प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग गर्ने सबैप्रति संस्थाले आभार तथा कृतज्ञता व्यक्त गरेको छ।

यस बिपतमा संस्थाका अध्यक्ष दिपेन्द्र कोइराला, पूर्व अध्यक्ष एवं सल्लाहकार विन्दुकुमार थापा लगायत अटो व्यवसायीहरुले सहयोग गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *