याङ्गो राइडरलाई ‘तपाईंको बजार’को अफर

काठमाडौं । याङ्गो राइडर बन्न चाहनेहरूलाई लक्षित गर्दै ‘तपाईंको बजार’ले ५ हजार रोजगारी सिर्जना गर्ने योजना अघि सारेको छ । कम्पनीले राइडरका लागि सवारीसाधन खरिदमा १०० प्रतिशत फाइनान्सिङको व्यवस्था गरिएको जनाएको छ ।

सार्वजनिक गरिएको जानकारीअनुसार उक्त योजना लिन इच्छुक व्यक्तिले पोखरीपानी शाखास्थित शोरुममा सम्पर्क गर्नुपर्नेछ । आवेदनका लागि नागरिकता, परिचयपत्र, सवारी चालक अनुमतिपत्र (लाइसेन्स) र पासपोर्ट साइजको फोटो आवश्यक पर्नेछ ।

योजनाअन्तर्गत अरू कुनै प्रकारको डाउन पेमेन्ट तिर्नुपर्ने छैन । तर, १० हजार रुपैयाँ सुरक्षा धरौटी भने बुझाउनुपर्नेछ । सवारीसाधनमा कुनै खराबी आएमा त्यसको मर्मतसम्भार राइडर स्वयंले गर्नुपर्ने भएकाले सुरक्षा धरौटी राख्नुपर्ने बताइएको छ ।

यस्तै, सवारीसाधनको नामसारी खर्च र बीमाका लागि ७ हजार २६५ रुपैयाँ लाग्ने जनाइएको छ । त्यसबाहेक ऋण प्रक्रियाका लागि १.२५ प्रतिशत प्रोसेसिङ शुल्क लाग्ने जानकारी दिइएको छ ।

योजनाबारे जानकारी दिँदै भनिएको छ, ‘अब आफ्नै गाडी, आफ्नै कमाइ, आफ्नै खर्च । अब भाडामा होइन, आफ्नै साधन चढौँ ।’

यस योजनामार्फत राइडरहरूलाई आफ्नै सवारीसाधनमार्फत आम्दानीको अवसर उपलब्ध गराउने उद्देश्य राखिएको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *