JAECOO J5 अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि सुरु

नेपालमा OMODA JAECOO सवारीसाधनको आधिकारिक वितरक SPG Automobiles Pvt. Ltd. ले JAECOO J5 Pro लाई रु. ४७.९९ लाखको आकर्षक मूल्यमा उपलब्ध गराएको घोषणा गरेको छ। उन्नत प्रविधि, उत्कृष्ट SUV क्षमता तथा प्रिमियम सुविधाहरूले सुसज्जित JAECOO J5 Pro ले ग्राहकलाई आकर्षक मूल्यमा प्रिमियम इलेक्ट्रिक SUV अनुभव प्रदान गर्ने कम्पनीको दाबी छ ।

JAECOO J5 Pro, रु. ५४.९९ लाख मूल्यमा JAECOO J5 सँगै बजारमा उपलब्ध हुने कम्पनीले जनाएको छ । यी दुई भेरियन्टले मुख्यतः ब्याट्री क्षमता ड्राइभिङ रेन्जका आधारमा ग्राहकलाई आफ्नो आवश्यकता तथा प्राथमिकताअनुसार छनोट गर्ने सुविधा प्रदान गर्छन्। JAECOO J5 Pro मा ५०. kWh ब्याट्री जडान गरिएको , जसले दाबी गरिएको ४०५ किमी NEDC रेन्ज प्रदान गर्छ। यसले प्रिमियम इलेक्ट्रिक SUV चाहने तथा आकर्षक मूल्य रेन्जको सन्तुलन खोज्ने ग्राहकका लागि यो एक उत्कृष्ट विकल्प बन्न सक्ने कम्पनीको दाबी छ ।

अझ पहुँचयोग्य मूल्यमा उपलब्ध भए पनि JAECOO J5 Pro मा JAECOO J5 का धेरै महत्वपूर्ण सुविधाहरू कायम राखिएको कम्पनीले जनाएको छ ।  दुवै मोडलमा १८५ मिमि ग्राउन्ड क्लियरेन्स रहेको , जसले नेपालको विविध सडक अवस्थाका लागि उपयुक्त बनाउँछ। त्यस्तै, ४८० लिटरको बुट स्पेस ले दैनिक प्रयोग तथा लामो यात्राका लागि पर्याप्त व्यावहारिकता प्रदान गर्छ।

दुवै भेरियन्टमा प्यानोरामिक मुनरुफ, स्पेयर टायर तथा Level 2 ADAS उपलब्ध छन्, जसले आराम, व्यावहारिकता उन्नत सुरक्षा प्रविधिको संयोजन सुनिश्चित गर्छ। दुवै मोडलले २८८ Nm टर्क प्रदान गर्ने भएकाले सहज तथा प्रतिक्रियाशील प्रदर्शनका साथै आत्मविश्वासपूर्ण ड्राइभिङ अनुभव प्रदान गर्ने कम्पनीले जनाएको छ ।

यस्तो छ JAECOO J5 र JAECOO J5 Pro बीचको तुलना

विशेषता

JAECOO J5 Pro

JAECOO J5

अफर मूल्य

रु. ४७.९९ लाख

रु. ५४.९९ लाख

ब्याट्री क्षमता

५०.७ kWh

५८.९ kWh

NEDC रेन्ज

४०५ किमी

४६१ किमी

टर्क

२८८ Nm

२८८ Nm

ग्राउन्ड क्लियरेन्स

१८५ मिमि

१८५ मिमि

ADAS

Level 2

Level 2

प्यानोरामिक मुनरुफ

उपलब्ध

उपलब्ध

स्पेयर टायर

उपलब्ध

उपलब्ध

बुट स्पेस

४८० लिटर

४८० लिटर

समान २८८ Nm टर्क, १८५ मिमि ग्राउन्ड क्लियरेन्स, Level 2 ADAS, प्यानोरामिक मुनरुफ, स्पेयर टायर ४८० लिटर बुट स्पेस सहित JAECOO J5 Pro ले JAECOO J5 का मुख्य विशेषताहरूलाई निरन्तरता दिएको छ। यसमा तुलनात्मक रूपमा सानो ब्याट्री तथा छोटो रेन्ज भए पनि निकै आकर्षक तथा पहुँचयोग्य मूल्यमा उपलब्ध गराइएको छ।

त्यसैगरी रु. ५४.९९ लाख मूल्यको JAECOO J5 मा ठूलो ५८. kWh ब्याट्री रहेको छ, जसले दाबी गरिएको ४६१ किमी NEDC रेन्ज प्रदान गर्छ। यसले थप ड्राइभिङ रेन्जलाई प्राथमिकता दिने ग्राहकका लागि उपयुक्त विकल्प प्रस्तुत गर्ने कम्पनीले जनाएको छ ।

रु. ४७.९९ लाख मा JAECOO J5 Pro को आगमनसँगै नेपालमा बढ्दो इलेक्ट्रिक SUV बजारमा JAECOO को उपस्थिति अझ सुदृढ हुने अपेक्षा गरिएको छ। JAECOO J5 Pro ले ग्राहकलाई उत्कृष्ट श्रेणीका सुविधाहरूमा सम्झौता नगरी आफ्नो आवश्यकता, बजेट र ड्राइभिङ रेन्जको प्राथमिकताअनुसार थप विकल्प छनोट गर्ने अवसर प्रदान गर्ने कम्पनीले अपेक्षा गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *