रसुवाको भोटेकोशीमा आएको भीषण बाढीपछि अवरुद्ध सडक तथा अन्य पूर्वाधार पुनःस्थापनालाई समेत तीव्रता दिइएको छ ।
गल्छी–मुग्लिन सडकअन्तर्गत कृष्णभीरमा ट्रयाक खोल्ने काम सुरु भएको र भदौभित्र यातायात सञ्चालन गर्ने लक्ष्य रहेको प्रधानमन्त्री शाहले बताएका छन् ।
परेवाभिरमा डाइभर्सनमार्फत यातायात सञ्चालनमा आइसकेको छ ।
त्रिशूली–वेत्रावती सडकको १० किलोमिटरमध्ये ८ किलोमिटरबाट लेदो हटाइसकिएको छ भने बाँकी क्षेत्रमा काम भइरहेको छ ।
थप ३५ किलोमिटर सडक पुनःस्थापनाका लागि आपत्कालीन बोलपत्र आह्वान गरिएको छ ।
त्यस्तै, तादी र बेत्रावतीमा बेलिब्रिज निर्माणको तयारी भइरहेको छ भने त्रिशूलीमा १२० मिटर लामो बेलिब्रिज आवश्यक देखिएको प्रधानमन्त्री शाहले बताएका छन् ।
प्रधानमन्त्री शाहले बाढी प्रभावित क्षेत्रलाई तीन महिनाका लागि विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरिएको र उपलब्ध स्रोत–साधन परिचालन गरी राहत तथा पुनःस्थापनाको काम भइरहेको बताएका छन् ।