लिपमोटरको नेपालका लागि आधिकारिक वितरक सांग्रिला मोटर्स प्रालिले आफ्नो विद्युतीय एसयूभी लिपमोटर बी१० को आयातका लागि वैकल्पिक मार्ग रोज्दै मुस्ताङको कोरला नाका प्रयोग गर्न थालेको छ ।
रसुवा क्षेत्रमा आएको बाढीका कारण मुख्य नाका अवरुद्ध भएपछि ग्राहकलाई समयमै गाडी उपलब्ध गराउन कम्पनीले यो निर्णय लिएको हो ।
हालै सम्पन्न नाइमा मोबिलिटी एक्स्पो र नाडा अटो शोमा उत्साहजनक बुकिङ पाएको लिपमोटर बी१० को भन्सार जाँचपास तथा ढुवानी प्रक्रियालाई तीव्र बनाइएकाले अब छिट्टै बुकिङकर्ताहरूलाई गाडी डेलिभरी गर्न सुरु गरिने सांग्रिला मोटर्सले जनाएको छ ।
बजेट भाषणपछि ५४ लाख ९९ हजार मूल्य कायम भएको यस एसयूभीमा १६० किलोवाटको रियर ह्विल ड्राइभ मोटर र ६७.१ किलोवाट आवरको ब्याट्री रहेको छ, जसले एकपटकको फुल चार्जमा ६०० किमीसम्मको रेन्ज दिने दाबी गरिएको छ ।
१८० मिमी ग्राउन्ड क्लियरेन्स रहेको यस एसयूभीमा १४.६ इन्चको २.५के एचडी इन्फोटेनमेन्ट स्क्रिन, ३६०–डिग्री क्यामेरा, भेन्टिलेटेड सिट र प्यानोरामिक सनरूफ जस्ता अत्याधुनिक सुविधाहरू उपलब्ध छन् ।