काठमाडौं-हेटौँडा सडक ‘वान वे’ बनाइयो

हेटौँडा काठमाडौँ सडकमा सवारी चाप बढेपछि जिल्ला प्रशासन कार्यालय मकवानपुरले आजदेखि वान वे रुट लागू गरेको छ ।

प्रशासनका अनुसार आजदेखि १४ सिटभन्दा कम क्षमताका सवारीसाधन हेटौँडाबाट काठमाडौं आउँदा भीमफेदी कुलेखानी सिस्नेरी दक्षिणकाली हुँदै आउनुपर्ने बताइएको छ । सवारी साधन काठमाडौंबाट हेटौँडा जाँदा फर्पिङ फाखेल कुलेखानी भीमफेदी सडक प्रयोग गर्नुपर्नेछ ।


त्यस्तै, मालवाहक तथा ठूला यात्रुवाहक सवारीसाधनले हेटौँडाबाट काठमाडौँ जाँदा त्रिभुवन राजपथ र फर्किंदा कान्ति राजमार्ग प्रयोग गर्नुपर्नेछ ।

त्रिशूलीको बाढीले पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक कटान गरेपछि आइतबारदेखि बन्द छ । उक्त सडक अवरुद्ध भएपछि हेटौँडा हुँदै काठमाडौं आवतजावत गर्ने सवारीको चाप बढेको छ ।

नयाँ व्यवस्थाले वैकल्पिक सडकमा हुने सवारी जाम तथा लामो समय सवारी रोक्नुपर्ने अवस्थाको अन्त्य हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *