तीव्र गतिमा बाढीले क्षतिग्रस्त सडक खुलाउदै चीन

नेपाल-तिब्बत सीमा क्षेत्रमा आएको बाढीले क्षतिग्रस्त सडक खुलाउन चीनले तीव्र गतिमा काम गरेको छ । चीन सरकारले अवरुद्ध केरुङ नाका जोड्ने राष्ट्रिय राजमार्ग जी २१६ खुलाउन ठूलाे संख्यामा उद्धार तथा इन्जिनियरिङ टोली र उपकरण परिचालन गरेका हो ।

चिनियाँ सरकारी संचार माध्यम सिन्ह्वाका अनुसार आज बिहान १०ः५० बजेसम्म ग्यारोङ पहिरोबाट क्षतिग्रस्त जी २१६ राजमार्गको खण्ड ग्यारोङ सीमा नाकाबाट १ किलोमिटर सडक बनाइ सकिएको छ । अब केरुङ बन्दरगाह जोडिन् १ किलोमिटरभन्दा कम बाँकी रहेकाे बताइएकाे छ । अहिले धमाधम लेदा हटाउने र बगाएको ठाउँमा नयाँ सडक बनाउने काम भइरहेको छ ।

चिनियाँ आपत्कालीन व्यवस्थापन मन्त्रालयले परिचालन गरेको ‘चाइना एनेङ’का व्यावसायिक उद्धार टोलीले लगातार सडक पुनःस्थापनाको काम गरिरहेका छन्।

चिनियाँ सञ्चारमाध्यमका अनुसार सडक निर्माण भइरहेको क्षेत्र अत्यन्त कठिन भौगोलिक अवस्थामा छ । एकातर्फ ठाडो भीर र जोखिमपूर्ण चट्टान छन् । अर्कोतर्फ तीव्र गतिमा बगिरहेको नदीका कारण सडक निर्माण कठिन भइहरेको छ । कतिपय स्थानमा सडक पूरै बगाएकालेनिर्माण स्थल समेत भेट्न कठिन छ । नदीको बहाव कतिपय ठाउँमा प्रतिसेकेण्ड ६ देखि ७ मिटरसम्म रहेको छ । यस्तो अवस्थामा ठूला मेसिन एकैपटक परिचालन गर्न नसकिएपछि उद्धार टोलीले चरणबद्ध रूपमा काम गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *