नाडा अटो शो २०२६ मा ‘एचपी लुब्रिकेन्ट्स’ का दुई नयाँ उत्पादन सार्वजनिक

नाडा अटो शो २०२६ (NADA Auto Show 2026) को शीर्षक प्रायोजक (Title Sponsor) समेत रहेको M.A.W Petro Products Pvt. Ltd. ले आफ्नो प्रतिष्ठित ब्रान्ड HP Lubricants का दुई नयाँ अत्याधुनिक उत्पादन ‘HP Racer Future X’ र ‘HP Milcy Future X’ औपचारिक रूपमा बजारमा सार्वजनिक गरेको छ।

नयाँ पुस्ताको प्रविधिमा आधारित यी उत्पादनहरूले आधुनिक सवारीसाधनको इन्जिन सुरक्षा, उच्च कार्यक्षमता (Performance) र सहज ड्राइभिङ अनुभवलाई नयाँ उचाइ दिने विश्वास लिइएको छ। उक्त विशेष समारोहमा M.A.W Petro Products का बिजनेस हेड (Business Head) रोशन श्रेष्ठ ले दुवै नयाँ उत्पादनहरू औपचारिक रूपमा परिचित गराउनुभएको थियो।

कार्यक्रममा HP Lubricants का उच्चपदस्थ प्रतिनिधि, व्यावसायिक साझेदार, डिलर, ग्राहक तथा अटोमोबाइल क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो। उत्पादन अनावरणका क्रममा श्री श्रेष्ठले तिनका प्राविधिक विशेषता, नयाँ प्रविधि तथा प्रयोगकर्ताले पाउने प्रत्यक्ष लाभहरूबारे जानकारी गराउनुभएको थियो।

सार्वजनिक गरिएका उत्पादनमध्ये HP Racer Future X मुख्यतया आधुनिक दुई पाङ्ग्रे सवारी (मोटरसाइकल) का लागि लक्षित गरी तयार पारिएको हो, जसले उत्कृष्ट इन्जिन सुरक्षाका साथै स्मूथ र भरपर्दो सञ्चालन सुनिश्चित गर्दछ। त्यसैगरी, HP Milcy Future X ले आधुनिक चार पाङ्ग्रे तथा व्यावसायिक सवारीसाधनका इन्जिनलाई प्रभावकारी लुब्रिकेसन प्रदान गर्दै दीर्घकालीन सुरक्षा प्रदान गर्दछ।

लामो समयदेखि नेपाली बजारमा उच्च गुणस्तरीय लुब्रिकेन्ट उपलब्ध गराउँदै आएको M.A.W Petro Products ले यस ‘Future X’ सिरिजको सुरुवातसँगै ग्राहकको बदलिँदो आवश्यकता पूरा गर्ने प्रतिबद्धता दोहोर्याएको छ। नयाँ प्रविधि र उत्कृष्ट गुणस्तरमार्फत ग्राहकको विश्वासलाई अझ मजबुत बनाउने कम्पनीको लक्ष्य रहेको छ।

नेपालको सबैभन्दा ठूलो अटोमोबाइल उत्सव ‘नाडा अटो शो २०२६’ को शीर्षक प्रायोजनसँगै गरिएका यी नयाँ उत्पादनको सार्वजनिकरणले नेपाली लुब्रिकेन्ट बजारमा नयाँ उत्साह र सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *