सांग्रिला मोटर्सद्वारा लिपमोटर C10 का लागि रु. ७५.९९ लाखको विशेष मूल्य घोषणा

गोल्छा अर्गनाइजेसन अन्तर्गत नेपालका लागि लिपमोटरको आधिकारिक वितरक सांग्रिला मोटर्स प्रा. लि. ले आफ्नो इलेक्ट्रिक एसयूभी, लिपमोटर C10 २०२६ मोडलका लागिे विशेष अफर मूल्य रु. ७५.९९ लाख घोषणा गरेको छ । कम्पनीले यसको मूल्य रु. ७७.९९ लाख निर्धारण गरेको छ ।

C10 को २०२६ मोडलमा अपडेटेड स्मार्ट कनेक्टिभिटी सुविधाहरू समावेश गरिएको र  गाडीको आधिकारिक लिपमोटर एपका साथै एप्पल कारप्ले र एन्ड्रोइड अटोको सुविधा रहेको कम्पनीले जनाएको छ ।

C10 नेपालमा लिपमोटरको सबैभन्दा बढी बिक्री भएको र रुचाइएको गाडी भएको कम्पनीले जनाएको छ । उच्च सुरक्षा र फराकिलो केबिन स्पेसका लागि सेल–टु–चेसिस (CTC) प्रविधिमा निर्मित यस एसयूभीमा १६० किलोवाटको इलेक्ट्रिक रीअर व्हील ड्राइभ (RWD) मोटर रहेको छ जसले एक पटकको फुलचार्जमा ५३० किमी रेन्ज (CLTC) र १९० एमएम ग्राउन्ड क्लियरेन्स प्रदान गर्ने कम्पनीले जनाएको छ ।

C10 को इन्टेरियरमा १४.६–इन्चको सेन्ट्रल टचस्क्रिन, १०.२५–इन्चको डिजिटल ड्राइभर डिस्प्ले, २.१ वर्ग मिटरको प्यानोरमिक ग्लास रूफ, L2 ADAS सुरक्षा सुविधाहरू र आरामदायक प्रिमियम लेदरेट सिटहरू रहेका कम्पनीले दावी छ ।

सांग्रिला मोटर्सले सम्पूर्ण अवलोकनकर्ता तथा ग्राहकहरूले देखाउनुभएको विश्वास र सहयोगका लागि हार्दिक आभार प्रकट गरेको छ । माजेराटि, अल्फा रोमियो र प्युजो जस्ता विश्वप्रसिद्ध १४ वटा ब्राण्डहरूको प्रख्यात अटोमोटिभ समूह ’स्टेलान्टिस’को विश्वव्यापी सहकार्यमा सञ्चालित लिपमोटर चीनको नम्बर १ स्टार्ट–अप न्यु इनर्जी भेहिकल (NEV) ब्राण्ड हो ।

लिपमोटरले हालसम्म विश्वभर १६ लाखभन्दा बढी सवारी साधन बिक्री गरिसकेको छ, जसमध्ये जुलाई महिनामा मात्रै १ लाखभन्दा बढी युनिट बिक्री भएका थिए । विश्वका ५० भन्दा बढी देशहरूमा फैलिएको १,७०० भन्दा बढी बिक्री तथा सेवा केन्द्रहरूको विस्तृत सञ्जालमार्फत लिपमोटरले आफ्ना ग्राहकहरूलाई पूर्ण रूपमा ढुक्क र विश्वस्त स्वामित्वको प्रदान गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *