नेपाली बजारमा ट्रायम्फको ३५० सीसीको मोटरसाइकल सार्वजनिक भएको छ । ट्रायम्फ मोटरसाइकलको नेपालको लागि आधिकारिक बिक्रेता हंसराज हुलासचन्द एण्ड कम्पनीले जारी नाइमा मोबिलिटी एक्स्पो २०२६ मा ट्रायम्फ स्पीड टी ४ बिक्री सुरु गरेको हो ।
कम्पनीले ट्रायम्फ स्पीड टी ४ को मूल्य ६ लाख ५० हजार रुपैयाँ तोकेको छ । यससँगै यो नेपालमा उपलब्ध ट्रायम्फको सबैभन्दा सस्तो मोटरसाइकलक बनेको छ ।
न्यु ट्राइम्फ स्पीड टी ४ मोटरसाइकल स्पीड ४०० कै प्लेटफर्ममा निर्माण टी ४ मा ३४९ सीसी सिंगल सिलिण्डर इन्जिन रहेको छ । यो इन्जिनले २९ हर्ष पावर र ३१ एनएम टर्क जेनेरेट गर्छ । यसमा ६ स्पीडको गियरबक्स छ ।