काठमाडौं । नेपालमा सुजुकी गाडीको अधिकृत वितरक सीजी मोटोकर्पले आजदेखि देशभरका सुजुकी सर्भिस सेन्टरमा विशेष ‘मनसुन फ्रि सर्भिस क्याम्प’ सञ्चालन गर्दैछ । तीन दिनसम्म चल्ने क्याम्प शुक्रबारसम्म सञ्चालन हुनेछ ।
मनसुनका कारण सवारीसाधनमा थप जोखिम बढ्ने भएकाले ग्राहकलाई समयमै सवारीसाधनको मर्मतसम्भार गर्न प्रोत्साहित गर्ने उद्देश्यले अभियान सञ्चालन गरिएको कम्पनीले जनाएको छ । अभियानमार्फत वर्षायाममा ग्राहकको सुरक्षा र सुविधालाई प्राथमिकता दिइएको कम्पनीको भनाइ छ ।
क्याम्प अवधिमा सुजुकीका ग्राहकले ब्रेक, टायर, वाइपर, इन्जिन तथा इलेक्ट्रिकल प्रणालीलगायत वर्षायाममा बढी प्रभावित हुन सक्ने भागहरूको निःशुल्क जाँच गराउन सक्नेछन् । साथै, विशेषज्ञबाट मर्मतसम्बन्धी सुझाव तथा पार्ट्स र सर्भिसमा विशेष छुट उपलब्ध हुनेछ ।
क्याम्पमा पार्ट्स तथा लुब्रिकेन्ट्समा १० प्रतिशत, लेबरमा २० प्रतिशत र एसेसरिजमा १५ प्रतिशत छुटको व्यवस्था गरिएको छ । यसैगरी निःशुल्क जनरल चेकअप, एसी तथा ब्याट्री जाँचको सुविधा पनि उपलब्ध हुनेछ ।
वर्षायामलाई ध्यानमा राख्दै ब्रेक, टायर, वाइपर र इलेक्ट्रिकल प्रणालीमा विशेष जाँच गरिने कम्पनीले जनाएको छ । ग्राहकलाई कार केयर तथा वर्षायाममा अपनाउनुपर्ने सावधानीबारे निःशुल्क जानकारीसमेत दिइनेछ ।
सीजी मोटोकर्पका वरिष्ठ प्रबन्धक सरोज खड्काले मनसुन सवारीसाधनका लागि चुनौतीपूर्ण समय भएकाले अभियानमार्फत ग्राहकलाई नियमित मर्मतसम्भार र सुरक्षित सवारी सञ्चालनप्रति सचेत गराउने उद्देश्य रहेको बताए ।
क्याम्प अवधिमा सुजुकीले तीन जना भाग्यशाली ग्राहकलाई आकर्षक उपहारसमेत प्रदान गर्ने जनाएको छ ।
कम्पनीका अनुसार क्याम्प देशभरका सबै सुजुकी सर्भिस सेन्टरमा सञ्चालन हुनेछ । कम्पनीले सबै सुजुकी धनीलाई क्याम्पको अवसर उपयोग गरी वर्षायामअघि आफ्नो सवारीसाधनको आवश्यक जाँच तथा मर्मत गराउन आग्रह गरेको छ ।