‘एचपी लुब्रिकेन्ट्स प्रिजेन्ट्स’ नाडा अटो शोमा ५० प्रतिशत छुट

नेपाल अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा)ले आफ्नो स्थापनाको ५०औँ वर्षको अवसरमा आयोजना गर्न लागेको ‘एचपी लुब्रिकेन्ट्स प्रिजेन्ट्स १८औँ नाडा अटो शो २०२६’ का लागि अग्रिम टिकट बिक्री खुला गर्दै ‘अर्ली बर्ड’ छुट योजना सार्वजनिक गरेको छ।

भदौ ९ देखि १४ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा सञ्चालन हुने प्रदर्शनीका लागि खल्ती एपमार्फत डिजिटल टिकट खरिद गर्ने दर्शकले साधारण तथा विद्यार्थी दुवै श्रेणीका टिकटमा ५० प्रतिशतसम्म छुट प्राप्त गर्नेछन्।

यो सुविधा सीमित अवधिसम्म मात्र उपलब्ध रहने भएकाले समयमै टिकट खरिद गर्न आयोजकले आग्रह गरेको छ।

नाडाका अनुसार यस वर्षको अटो शोको मुख्य प्रायोजक एचपी लुब्रिकेन्ट्स रहेको छ।

नाडाको स्वर्ण जयन्तीलाई विशेष बनाउने उद्देश्यले खल्तीसँगको सहकार्यमा डिजिटल टिकटिङ र छुट योजना ल्याइएको हो।

यस संस्करणको अटो शोमा विद्युतीय (ईभी) तथा पेट्रोल–डिजेलबाट चल्ने नयाँ दुईपाङ्ग्रे र चारपाङ्ग्रे सवारीसाधन, अत्याधुनिक अटोमोबाइल प्रविधि, अटो पार्ट्स, लुब्रिकेन्ट, वित्तीय सेवा, बिमा तथा अटोमोबाइलसँग सम्बन्धित विभिन्न उत्पादन र सेवाहरू प्रदर्शनीमा राखिनेछन्।

आयोजकका अनुसार नाडाको ५० वर्षे यात्रालाई स्मरणीय बनाउने यस प्रदर्शनीले अटो उद्योगका नयाँ प्रविधि, उत्पादन तथा बजार प्रवृत्तिबारे जानकारी लिन चाहने अटोप्रेमी, विद्यार्थी र सर्वसाधारणका लागि विशेष अवसर प्रदान गर्नेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *