नाकाको अवरोधले अटो शोमा समेत चुनौती

चीन सीमामा अवरोध जारी रहेकै बेला आपूर्तिमा समस्या हुँदा २५  साउनदेखि सुरु हुने नाइमा मोबिलिटी एक्स्पो र ९ भदौदेखि सुरु हुने नाडा अटो शो २०२६ मा आयातकर्ताहरूले तोकिएको समयमा नयाँ मोडलहरू सार्वजनिक गर्न नसक्ने चिन्ता बढाएको छ ।

रसुवागढी र तातोपानी नाका लामो समय बन्द हुँदा आपूर्ति ठप्प भएपछि गत आर्थिक वर्ष विद्युतीय सवारी आयात २४ प्रतिशतले घटेको छ ।

नाकाको अवरोधले यसै महिना हुने दुई अटोमोबाइल प्रदर्शनीमा नयाँ मोडल सार्वजनिकमा समेत चुनौती बढेको व्यवसायीहरूको भनाइ छ ।

चीनसँगको प्रमुख नाका तातोपानी र रसुवागढीमा महिनौंदेखि जारी अवरोधका कारण नेपालमा तीव्र गतिमा बढिरहेको विद्युतीय सवारी (ईभी)को बजार सुस्ताएको छ ।

आयातमा गिरावट आएसँगै यसै महिना हुने दुई ठूला अटोमोबाइल प्रदर्शनीअघि नयाँ मोडलहरू सार्वजनिक गर्ने व्यवसायीहरूको योजना समेत चुनौतीपूर्ण बनेको छ ।

नेपालमा गत आर्थिक वर्षमा ईभी आयात २४.०३ प्रतिशतले घटेको भन्सार विभागको तथ्यांक छ ।

गत आर्थिक वर्षभर यात्री बस, माइक्रोबस र निजी सवारी साधनसहित चारपांग्रे सवारी साधनको समग्र आयात १९.०७ प्रतिशतले घटेको विभागले जनाएको छ ।

नेपालले गत आर्थिक वर्षमा ४० अर्ब ४४ करोड रुपैयाँ बराबरका १७ हजार ६८८ युनिट चारपांग्रे सवारी आयात गरेको थियो ।

त्यसमध्ये ३१ अर्ब ३२ करोड रुपैयाँ मूल्यका १३ हजार ४ युनिट ईभी  थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *