हेटौँडा अटोमोबाइल्स एशोसिएसनको आयोजनामा एशोसिएसनमा आबद्ध व्यवसायीहरूलाई लक्षित गरी करदाता शिक्षा तथा अन्तर्क्रिया कार्यक्रम आज हेटौँडामा भएको छ।
करदाता प्रोत्साहन कार्यक्रम, करदाता शिक्षा तथा आर्थिक विद्येयक २०८३ ले प्रदान गरेका छुट र सहुलियतबारे सदस्यहरूलाई जानकारी गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको अध्यक्ष धर्म धिमालले जानकारी दिनुभयो ।
आन्तरिक राजस्व कार्यालय हेटौंडाका सूचना अधिकारी ध्रुव सिं घलानले कार्यक्रम सहजीकरण गर्नुभएको थियो ।
हेटौँडा अटोमोबाइल्स एशोसिएसनका अध्यक्ष धिमालको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख कर अधिकृत युक्त प्रसाद सुवेदीको प्रमुख अतिथिमा कार्यक्रम भएको हो ।
कार्यक्रममा एशोसिएसनमा आबद्ध करिब ५१ जना व्यवसायी सदस्यहरूको सहभागिता रहेको थियो।
कार्यक्रममा एशोसिएसनका सुरेस श्रेष्ठ, सागर सापकोटा, निवर्तमान अध्यक्ष ऋषिकुमार ढकाल, सल्लाहकार हेमन्त ढुङगेल, दिपेन्द्र उप्रेतीको उपस्थिति रहेको थियो ।
एशोसिएसनका कार्य समिती सदस्य दैवज्ञ सुवेदीले कार्यक्रम सञ्चालन गर्नु भएको थियाे ।