नाइमा एक्सपोअघि सीएफमोटोको आकर्षक घोषणा, ५ वर्षको वारेन्टीदेखि एक्सचेन्जसम्म सुविधा

काठमाडौं । नाइमा मोबिलिटी एक्सपो २०८३ लक्षित गर्दै सीएफमोटो मोटरसाइकलको नेपालका लागि आधिकारिक वितरक ऋषि ट्रेड सेन्टरले सीएफमोटो २५० डुअल ईएफआईमा विशेष अफर सार्वजनिक गरेको छ।

कम्पनीका अनुसार २१ साउनदेखि लागू भएको योजनाअन्तर्गत यो मोटरसाइकल खरिद गर्ने ग्राहकले ५ वर्ष (२+३ वर्ष) वा ६० हजार किलोमिटर (जुन पहिले पूरा हुन्छ) सम्मको इन्जिन वारेन्टी पाउनेछन्। नेपाली दुईपाङ्ग्रे बजारमा यो कम्पनीको ग्राहक–केन्द्रित पहल भएको दाबी गरिएको छ।

यससँगै कम्पनीले सीएफमोटो २५० डुअल ईएफआईको अधिकतम खुद्रा मूल्य रु. ५ लाख ७४ हजार ९०० कायम गरेको छ। प्रतिस्पर्धी मूल्यमा एड्भेन्चर मोटरसाइकल उपलब्ध गराउने उद्देश्यले ल्याइएको यो अफर देशभर रहेका आधिकारिक सीएफमोटो शोरुममा लागू हुने कम्पनीले जनाएको छ।

खरिद प्रक्रियालाई सहज बनाउन कम्पनीले मासिक किस्ताबन्दी (फाइनान्स) सुविधा र पुरानो मोटरसाइकल साटेर नयाँ खरिद गर्न सकिने एक्सचेन्ज योजना पनि सञ्चालनमा ल्याएको छ।

सीएफमोटो २५० डुअल ईएफआईमा २४९ सीसी लिक्विड–कुल्ड, सिंगल सिलिन्डर, डीओएचसी ईएफआई इन्जिन जडान गरिएको छ, जसले २४.२ बीएचपी पावर र २२.५ एनएम टर्क उत्पादन गर्छ। यसमा ६–स्पिड ट्रान्समिसन, २४५ मिमी ग्राउन्ड क्लियरेन्स, डुअल–च्यानल एबीएस, पूर्ण एलईडी लाइटिङ तथा डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टरलगायतका फिचर समावेश छन्।

कम्पनीले विश्वस्तरीय उत्पादन, भरपर्दो स्पेयर पार्ट्स र गुणस्तरीय बिक्रीपछिको सेवा उपलब्ध गराउने प्रतिबद्धता दोहोर्याउँदै ५ वर्षको इन्जिन वारेन्टीले ग्राहकको विश्वास अझ मजबुत बनाउने विश्वास व्यक्त गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *