सार्वजनीक सवारी साधनको कर र नविकरण दस्तुर मिनाहा नगरिने

नयाँ आर्थिक बर्ष २०८३/८४ मा जेन्जी आन्दोलनका क्रममा क्षति भएका सार्वजनीक सवारी साधनहरुको कर र नविकरण दस्तुर मिनाहा नगरिने भएको छ । बागमती प्रदेश सरकार अन्तर्गतको यातयात व्यवस्था कार्यलय हेटौँडाका सुचना अधिकृत टेकनाथ काप्लेले नयाँ आर्थिक बर्षमा सार्वजनिक सवारी साधनहरुको कर र नविकरण दस्तुर मिनाह गरिनेबारे अहिलेसम्म प्रदेश सभाबाट कुनै आधिकारी जानकारी नआएको जानकारी गराएका छन ।

उनका अनुसार बागमति प्रदेशका तत्कालीन मुख्यमन्त्री इन्द्र बानियाँले आन्दोलनका क्रममा क्षेति भएका सवारी साधनको कर र नविकरण दस्तुर मिनाह गर्ने घोषणा गरेपनि आधिकारीक निकायबाट आजको मितिसम्म कर र नविकरण दस्तुर मिनाहा गरिनेबारे कुनै पनि आधिकारी जानकारी प्राप्त भएको छैन ।

नयाँ आर्थिक बर्षमा पनि प्रयोगकर्ताहरुले निरन्तर आफ्नो सवारी सधान कर र नविकरण गरीरहेको काप्लेले जानकारी गराए ।

त्यस्तै सार्वजनिक सवारी साधनहरुको कर र नविकरण दस्तुर मिनाह गरिने विषयबारे तत्तकालै कुनै नयाँ निर्णय पनि नआउने काप्लेले बताए ।

२० बर्ष पुराना सार्वजनिक सवारी साधनको हकमा भने कर भुक्तानि नभएको खण्डमा कर मात्रै तिर्नुपर्ने र जरीवाना नलाग्ने व्यवस्था लागु गरीएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *