काठमाडौं । नेपाली बजारमा सारथी ईकुटर ई ३ इलेक्ट्रिक स्कुटर अब रु. २,२७,००० को नयाँ मूल्यमा उपलब्ध भएको छ। कम्पनीले मूल्य समायोजनसँगै उच्च परफर्मेन्स, आधुनिक प्रविधि र प्रिमियम सुविधासहितको स्कुटर किफायती मूल्यमा ग्राहकमाझ ल्याएको जनाएको छ।
ईकुटर ई ३ मा ३,००० वाट पीक पावरको मोटर जडान गरिएको छ, जसले उकालो, अफ–रोड तथा चुनौतीपूर्ण सडकमा पनि सहज र शक्तिशाली प्रदर्शन गर्ने कम्पनीको दाबी छ। स्कुटरमा ७२ भोल्ट ३८ एम्पियर–आवर (२.७४ किलोमिटर पर आवर) क्षमताको ब्याट्री प्याक दिइएको छ, जसले एकपटकको पूर्ण चार्जमा वास्तविक प्रयोगमा करिब १०० किलोमिटरसम्म यात्रा गर्न सक्ने कम्पनीले जनाएको छ।
यसमा ३५ लिटर क्षमताको बुट स्पेस उपलब्ध छ, जहाँ हेल्मेट, ल्यापटप ब्याग तथा दैनिक प्रयोगका अन्य सामग्री सहजै राख्न सकिन्छ।
सुरक्षालाई ध्यानमा राख्दै स्कुटरमा १२ इन्चका पाङ्ग्रा, डुअल डिस्क ब्रेक, कम्बाइन्ड ब्रेकिङ सिस्टम (सी बि एस), हिल होल्ड असिस्ट, रिजेनेरेटिभ ब्रेकिङ सिस्टम, पार्किङ सेन्सर, एन्टी–थेफ्ट अलार्म र अटो ह्विल लक सिस्टम जस्ता आधुनिक फिचर समावेश गरिएको कम्पनीले जनाएको छ।
कम्पनीका अनुसार ईकुटर ई ३ उच्च निर्माण गुणस्तरका कारण टिकाउ हुनुका साथै यसको मर्मत खर्च पनि तुलनात्मक रूपमा कम रहनेछ।
सारथी ईकुटर ई ३ को मुख्य शोरुम काठमाडौंको नक्सालस्थित नागपोखरी मार्गमा रहेको छ। साथै, देशभर १८ भन्दा बढी शोरुममार्फत बिक्री तथा बिक्रीपछिको सेवा उपलब्ध रहेको कम्पनीले जनाएको छ। काठमाडौं उपत्यकाभित्र मात्रै २० वटा सर्भिस सेन्टर सञ्चालनमा रहेको कम्पनीको दाबी छ।
किफायती मूल्य, दमदार मोटर, १०० किलोमिटरसम्मको रेन्ज, आधुनिक सुरक्षा प्रविधि र फराकिलो बिक्रीपछिको सेवा सञ्जालका कारण ईकुटर ई ३ नेपाली ग्राहकका लागि आकर्षक विकल्प बन्ने कम्पनीको विश्वास छ।