एक करोड धरौटी बुझाएर रिहा भए गोल्छा

बीमा र धितोपत्रसम्बन्धी कसुर गरेको आरोपमा पक्राउ परेका व्यवसायी शेखर गोल्छा एक करोड रुपैयाँ बराबरको धरौटीमा रिहा भएका छन् ।

सोमबार पक्राउ परेका गोल्छा काठमाडौं जिल्ला अदालतको आदेशमा भोलीपल्ट मंगलबार नै रिहा भएका हुन् । थुनछेक बहसका क्रममा गोल्छालाई इजलासले १ करोड धरौटीमा छाड्न आदेश दिएको थियो ।

काठमाडौँ जिल्ला अदालतकी न्यायाधीश प्रतिमाकुमारी भट्टराई पोखरेलको इजलासले मंगलबार सुनुवाइ गर्दै गोल्छालाई दुई कसुरमा छुट्टाछुट्टै धरौटी निर्धारण गरी रिहाइको आदेश गरिएको थियो ।

गोल्छालाई बीमासम्बन्धी कसुरमा ७५ लाख र धितोपत्रसम्बन्धी कसुरमा २५ लाख रुपैयाँ धरौटी निर्धारण गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *