चाइनाको रोयल्स चोइसले चिनिएको लक्जरी ब्राण्ड ‘हङसी’ गाडी अब नेपाली अटो बजारमा छिटै प्रवेश हुने भएको छ । चाइनाको सबैभन्दा प्रिमियर लक्जरी ब्राण्ड हङसी अबदेखि आधिकारिक रुपमा नै नेपाल आउने भएको हो ।
उक्त गाडीको आधिकारीक लन्च भने यही साउनमा हुन गहिरहेको ‘नाइमा नेपाल मोबिलिटि एक्स्पो २०२६’ मा हुने कम्पनीले जनाएको छ । हङसी गाडी साधरण ब्राण्ड मात्र नभएर यो एक समयको यस्तो गाडी हो जसलाई सर्वसाधरणले खरिद गर्न नै पाउदैन थिए । यो गाडी विषेशगरी चाइनाको उच्च सरकारी पदाधिकारी, कम्युनिष्ट नेताहरु र बैदेशिक प्रमूखहरुको लागि मात्रै निर्माण गरिन्थ्यो, जसका कारण यसलाई चाइनाको ‘स्टेट भेहिकल’ का रुपमा पनि चिनिन्छ ।
नेपालमा सुरुमा यस कम्पनीका इएचएस४ र लक्जरी इलेक्ट्रिक इएचएस९ दुई चर्चित मोडेलहरुका गाडीहरु आउँदैछन । कम्पनीले यी दुबै मोडेलहरुको कारको नेपाली बजारमा आयत प्रक्रिया पनि सुरु गरिसकेको छ । हङसीको प्यारेन्ट कम्पनी एफएडब्ल्यु ग्रुप हो, जुन चाइना सरकारको स्वामित्वमा रहेको छ । यो ब्राण्डले आइसी इन्जिन, हाइब्रिड र बीईभी गरी तीन वटै पावरका गाडी उत्पादन गदै आएको छ तर नेपालमा भने शुद्ध इलेक्ट्रिक मोडेलको गाडि मात्रै ल्याउने जानकारी गराएको छ ।
अहिलेसम्मको रोचक कुरा के छ भने हङसीले विश्वव्यापी रुपमा ४ लाख ६० हजार गाडीहरु बिक्रि गरिसकेको छ, जसमध्ये १ लाख ५० हजार एनिविज थिए । युरोप, मध्येपुर्व र दक्षिणपुर्वएसियामा तिब्र बृद्धि गर्दैगरिरहेको हङसींले सन् २०२८ सम्म युरोपका २५ देशमा १५ ओटा नयाँ इभी र हाइब्रिड मोडेलहरु लन्च गर्ने योजना पनि बनाएको छ ।
चाइनीज लक्जरीको यो आइकोनिक ब्राण्डले नेपालको प्रिमियर इभी मार्केटमा अन्य टेस्ला, विएमडब्ल्यु र विवाइडी जस्ता चर्चित मोडेलहरुलाई चुनौति दिन सक्ला कि नसक्ला ? भन्नेबारे सबैको चासोको विषय बनेको छ ।