नेपाली बजारमा मलेसियन ब्राण्ड प्रोटोनको नयाँ ह्याचब्याक बहुप्रतिक्षित प्रोटोन इमास -५ लन्च गरिएको छ।
प्रोटोनको आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले आज सोमबारदेखि इमास फाइभ बिक्री सुरू गरेको हो ।
कम्पनीले इमास फाइभको दुई फरक भेरियन्ट उपलब्ध गराएको छ । जसमा कम्पनीले प्राइम भेरियन्टको मूल्य २९ लाख ९९ हजार र प्रिमियमको ३४ लाख ९९ हजार रुपैयाँ तोकेको छ ।
जिलीले चीनमा उत्पादन गरेको ‘जिङयुआन’ मोडललाई नै प्रोटोनले रिब्याचिङ गरेर इमास फाइभ बनाइएको हो । इमास फाइभ प्राइम भेरियन्टमा ५८ किलोवाटको इलेक्ट्रीक मोटर छ ।
जसले १३० न्युटन मिटर टर्क प्रदान गर्छ । यसमा ३०.१२ किलोवाट आवरको ब्याट्रीप्याक छ । जसले एकपटकको फुलचार्जमा २२५ किमी रेन्ज दिने कम्पनीको दाबी छ ।
त्यस्तै, प्रिमियम भेरियन्टमा ८५ किलोवाटको मोटर छ । जसले १५० न्युटन मिटर टर्क प्रदान गर्छ । यसमा ४०.१६ किलोवाट आवरको ठूलो ब्याट्री छ ।
जसले एकपटकको फुलचार्जमा ३२५ किमी रेन्ज दिन्छ । रियर ह्वील ड्राइभ सिस्टम भएको इमास फाइभको लम्बाइ ४१३५ एमएम, चौडाइ १८०५ एमएम र उचाइ १५७० एमएम छ । यसमा २६५० एमएम लामो ह्वीलबेस छ ।
यसमा सुरक्षाको लागि ६ एयरब्याग, विभिन्न सुविधासहितको एडास फिचर, ३६० क्यामेरा लगायतका फिचरहरू उपलब्ध छन् ।
इमास फाइभको टर्निङ रेडियस ४.९५ मिटर मात्रै छ । जसको कारण सहरी क्षेत्रमा चलाउन सहज हुनेछ ।
गाडीमा डीसी फास्ट चार्जरको प्रयोगबाट २१ मिनेटमै ३० देखि ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ। सुरक्षाका लागि यसमा ६ वटा एयरब्याग र Level 2 ADAS (Advanced Driver Assistance Systems) समावेश गरिएको छ।