नेपालका लागि एमजी गाडीको आधिकारिक वितरक गो अटोमोबाइल्सले एमजी ग्राहकलाई लक्षित गर्दै समर्पित सर्भिस वर्कसप सञ्चालनमा ल्याएको छ।
कम्पनीले नयाँ सेवा केन्द्रको उद्घाटनसँगै सात दिने विशेष सर्भिस क्याम्प पनि आयोजना गर्ने घोषणा गरेको हो।
कम्पनीका अनुसार नयाँ सर्भिस वर्कसपमा सडकमा रहेका सबै एमजी कमेट ईभी र एमजी विन्डसर ईभीलाई सेवा प्रदान गरिनेछ।
यहाँ प्रशिक्षित प्राविधिक, जेन्युइन स्पेयर पार्ट्स तथा प्रतिस्पर्धी मूल्यमा मर्मत सेवा उपलब्ध गराइने कम्पनीले जनाएको छ।
नयाँ सेवा केन्द्रको उद्घाटनको अवसरमा साउन ६ देखि १३ गते (जुलाई २२–२९) सम्म विशेष ग्रान्ड ओपनिङ सर्भिस क्याम्प सञ्चालन हुनेछ।
अभियानमार्फत नयाँ तथा पुराना एमजी ग्राहकलाई अत्याधुनिक सेवा सुविधा अनुभव गराउने कम्पनीको उद्देश्य रहेको छ।
क्याम्प अवधिभर ग्राहकले भविष्यका सेवा सम्बन्धी जानकारी तथा विशेष सुविधाका लागि दर्ता गर्न सक्नेछन्। साथै, आफ्नो वास्तविक सेवा अनुभव भिडियो (रिल्स), लेख तथा गुगल रिभ्युमार्फत साझा गर्ने ग्राहकले आकर्षक उपहार ह्याम्पर जित्ने अवसर पनि पाउने कम्पनीले जनाएको छ।
गो अटोमोबाइल्सका प्रबन्ध निर्देशक आकाश गोल्छाले समर्पित सर्भिस वर्कसप सञ्चालनमा ल्याइनुले नेपालमा एमजी ग्राहकलाई गुणस्तरीय तथा भरपर्दो बिक्रीपछिको सेवा उपलब्ध गराउने कम्पनीको प्रतिबद्धता थप बलियो भएको बताए।
कम्पनीले एमजी कमेट र एमजी विन्डसरका ग्राहकलाई सेवा क्याम्पमा सहभागी हुन तथा समयमै सर्भिस अपोइन्टमेन्ट बुक गर्न आग्रह गरेको छ।