अटो इन्जिनिइरिङ असोसिएशनद्धारा बृहत बृक्षारोपण कार्यक्रम सम्पन्न

बुटवाल अटो इन्जिनिइरिङ असोसिएशन रुपन्देही लुम्बिनीले आफ्नो ३१ औँ स्थापना दिवसको अवसरमा आज बुधबार बृहत बृक्षारोपण कार्यक्रम गरेको छ।

सो बृक्षारोपण कार्यक्रममा बुटवालस्थीत त्रिफला बाटिका सेरोफेरो लगाएत मैना बगर राम घाटको उत्तर साइडमा रहेको नदी उकास क्षेत्रमा फिल्ड सम्याउने, फाड्ने र सफा गर्ने जस्ता कामहरुको आयोजना गरिएको थियो ।

कार्यक्रममा संस्थाका पुर्वअध्यक्ष, पदाधिकारीहरु, कार्य समितिका सदस्यहरु, सेक्टर समितिका संयोजक, सह संयोजक तथा व्यवसायीहरुको बाक्लो उपस्थिति रहेको थियो । कार्यक्रममा निमन्त्रणा गरिएका सम्पूर्ण मानुभवहरुले उक्त बृक्षरोपण कार्य लगाएत अन्य कार्यलाई सघाएका थिए ।

असोसिएसनका सचिव तथा बृक्षरोपण कार्यक्रमका संयोजक मनिष पाण्डेले बृक्षरोपण तथा सरसफाई कार्यक्रममा उपस्थित भएर सघाउने सम्पूर्ण मानुभवहरुलाई लक्षित गर्दै धन्यबाद व्यक्त गर्नुभएको थियो । उहाँले आगामि दिनमा पनि यसैगरी सबै मानुभवहरुको साथ र सहयोग मिल्ने अपेक्षा रहेको बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *