नेपालमा दुई नयाँ बजाज चेतक मोडलहरू भित्रिने अपेक्षा

नेपालमा दुई नयाँ बजाज चेतक मोडलहरू भित्रिन लागेको प्रारम्भिक संकेत मिलेसँगै विद्युतीय सवारी (इभी) प्रेमीहरूका लागि थप उत्साहित हुने अवसर मिल्ने भएको छ ।

बजारमा आउन लागेको चेतक सी २५०१ (C2501) तुलनात्मक रूपमा सस्तो र किफायती संस्करण हुने अपेक्षा गरिएको छ । यसमा २.५ किलोवाट आवर (kWh) को ब्याट्री, ११३ किलोमिटरको आईडिसी (ICD) रेन्ज, प्रतिघण्टा ६० किलोमिटरको उच्च गति र ४ घण्टाको चार्जिङ समय रहनेछ ।

अर्कोतर्फ, चेतक सी ३५०३ (C3503) लाई भने प्रिमियम मोडलका रूपमा हेरिएको छ । ३.५ किलोवाट आवर (kWh) को ब्याट्री जडान गरिएको यो स्कुटरले १५३ किलोमिटरसम्मको आईडिसी (ICD) रेन्ज दिनेछ । साथै, यसमा डिजिटल डिस्प्ले र थुप्रै स्मार्ट फिचरहरू समावेश हुनेछन् ।

बजाज नेपालले यसबारे हालसम्म कुनै आधिकारिक घोषणा नगरे तापनि नेपाली बजारका लागि यसको मूल्य र सार्वजनिक हुने समयसहितका थप विवरणहरू छिट्टै बाहिर आउने अपेक्षा गरिएको छ ।

आगामी अगस्टमा नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ (NAIMA Nepal Mobility Expo 2026) आयोजना हुन गइरहेको हुनाले यी दुवै नयाँ मोडलहरू सोही अटो शोमै सार्वजनिक हुने अनुमान गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *