महानगर प्रहरी पुनः  सडकमा

काठमाडौँ महानगरपालिकाले पूर्णरुपमा महानगर प्रहरीलाई पुनः फिल्डमा परिचालन गरेको छ।

नगर प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) एवं महानगर प्रहरी बलका प्रमुख विष्णुप्रसाद जोशीले नगर प्रहरीले मंगलबारदेखि आफ्‌नो ड्युटी सुरु गर्न थालेको बताए।

महानगर प्रहरीले त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि मुगुका गणेश नेपालीको मोटरसाइकलमा ह्विललक लगाएको विषयमा विवाद भएपछि नेपालीले  आफ्नो शरीरमा पेट्रोल छर्केर आगो लगाएका थिए । उनकाे उपचारका क्रममा मृत्यु भएको थियो ।

नेपालीको मृत्युपछि सडकमा सुरक्षा चुनौती रहेको भन्दै नगर प्रहरी फिल्डमा खटिएका थिएनन्।

अव्यवस्थित पार्किङसँगै फुटपाथमा व्यापार गर्नेलगायतको समस्याले महानगर क्षेत्र अस्तव्यस्त बनेको भन्ने गुनासो बढेपछि महानगर प्रहरी पुनः  सडकमा खटिएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *