टाटा सिएरा ईभी ३० जुनमा सार्वजनिक हुने

कठिन अफरोड क्षेत्रको सफल परीक्षण सम्पन्न पश्चात् टाटा सिएरा ईभी आगामि ३० जुनमा सार्वजनिक हुने बताइएको छ । टाटा मोटर्सले आफ्नो बहुप्रतीक्षित टाटा सिएरा ईभीलाई विश्वकै सबैभन्दा कठिन अफरोड क्षेत्र संयुक्त अरब इमिरेट्सको लिवा मरुभूमिमा सफल परीक्षण सम्पन्न गरेको छ। कम्पनीले सो एसयूभी जुन ३० मा लन्च गर्ने गरि तयारी गरेको जनाएको छ ।

रुब अल खालीका नामले पनि परिचित लिवा मरुभूमि विशाल बालुवाका टिब्बा र अत्यधिक तापक्रमका कारण विश्वकै चुनौतीपूर्ण अफरोड क्षेत्रमध्ये एक मानिन्छ। यहाँको तापक्रम ५० डिग्री सेल्सियससम्म पुग्ने गर्छ भने बालुवाको सतह ६० डिग्री सेल्सियसभन्दा बढी तातो हुने गर्छ। यस्तै कठिन परिस्थितिमा टाटा सिएरा ईभीलाई परीक्षण गरिएको कम्पनीको दाबी छ ।

टाटा सिएरा ईभीले ५०० एनएमको टर्क उत्पादन गर्छ । साथै यसमा एआई अल ह्विल ड्राइभ सिस्टम पनि जडान गरिएको छ । यस्ता कठिन मार्ग र ५० डिग्रीसम्मको उकालोमा पनि सो इलेक्ट्रिक गाडीले सफलतापूर्वक परीक्षण सम्पन्न गरेको थियो । यसले इलेक्ट्रिक सवारीसाधन पनि कठिन अफरोड यात्राका लागि सक्षम रहेको प्रमाणित गरेको कम्पनीको कम्पनीको ठोकुवा गरेको छ।

सो परीक्षणको मुख्य उद्देश्य सिएरा ईभीलाई पारिवारिक विद्युतीय एसयूभी मात्र नभई एड्भेन्चर यात्रा मन पराउने प्रयोगकर्ताका लागि पनि भरपर्दो विकल्पका रूपमा स्थापित गर्नु रहेको टाटा मोटर्सले उल्लेख गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *