यांगो राइडले नेपालमा नयाँ अवसर सिर्जना गर्दै पूरा ग¥यो एक वर्ष

छोटो समयमा नै लोकप्रिय बन्दै गएको विश्वव्यापी प्रविधि कम्पनी यांगो ग्रुप अन्तर्गतको यांगो राइडले नेपालमा आफ्नो पहिलो वर्ष पूरा गरेको छ । एक वर्षको छोटो समयमा नै कम्पनीले सुरक्षित र भरपर्दो यात्रा सेवा प्रदान गर्दै युवाहरुका लागि आम्दानीका अवसर सिर्जना गरेको छ।

मे २०२५ मा नेपालमा सेवा सुरु भएपछि यांगो राइड मार्फत २२६ मिलियन किलोमिटरभन्दा बढी यात्रा सम्पन्न भएको छ । हाल प्रत्येक महिना १० लाखभन्दा बढी मानिसहरू याङ्गो राइड प्रयोग गरिरहेका छन् ।

आफ्ना चालक साझेदारहरूलाई सहयोग गर्न कम्पनीले काठमाडौं तथा चितवनमा विभिन्न कार्यक्रमहरु आयोजना गर्दै आएको छ । उक्त कार्यक्रममा उत्कृष्ट चालकहरूलाई सम्मान गर्नुका साथै विभिन्न तालिम र प्रोत्साहनका अवसरहरू प्रदान गरिएको थियो।

उक्त अवसरमा यांगो राइड नेपालका कन्ट्री म्यानेजर सन्तोष पाण्डेले सेवा सुचारु भएको एक बर्षमा नै अत्यधिक उपलब्धि हासिल गर्नुमा सबै प्रयोगकर्ता, चालक साझेदार र स्थानीय साझेदारहरूको विश्वास र सहयोगको परिणाम भएको जनाउदै आगामी दिनमा अझ उत्कृष्ट सेवा तथा थप अवसरहरू सिर्जना गर्ने प्रतिबद्धता व्यक्त गरे ।

नेपालमा राम्रो प्रतिक्रिया पाएपछि यांगो नेपालले कार्गो तथा डेलिभरी सेवा पनि सुरु गरेको छ, जसले काठमाडौंमा डेलिभरीलाई थप सहज बनाएको छ । दोस्रो वर्षमा प्रवेश गर्दै यांगो राइडले सेवा गुणस्तर सुधार, साझेदारहरूका लागि थप अवसर सिर्जना गर्दै नेपालको डिजिटल मोबिलिटी क्षेत्रको विकासमा योगदान जारी राख्ने लक्ष्य राखेको बताएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *