गिग अर्थतन्त्र र राइड–हेलिङबाट हुने आम्दानीको स्रोतले रोजगारी सिर्जना र आर्थिक विकासमा योगदान पुर्याउन सक्ने सरोकारवालाहरुले बताएका छन् । नेपाल इकोनोमिक फोरम नेफद्धारा आयोजना गरिएको ‘ गिग अर्थतन्त्र र राइड हेलिङः रोजगारी सिर्जनातर्फ’ छलफलमा सहभागीहरुले यस्तो बताएका हुन ।
छलफलमा राइड–हेलिङ सेवाले सहरी यातयातलाई सहज बनाउनुका साथै पर्यटन, साना तथा मझौला व्यवसाय, एसएमईएस र रोजगारी सिर्जनामा महत्वपूर्ण योगदान पु¥याइरहेको विषयमा जोड दिइएको थियो ।
राष्ट्रिय योजना आयोगका सदस्य पुकार मल्लले गिग अर्थतन्त्रलाई व्यवस्थित र दिगो बनाउन स्पष्ट नीतिगत व्यवस्था आवश्यक रहेका बताए । उनले नवप्रवर्तन र नियमबीच सन्तुलन कायम गद्रै श्रमिक संरक्षण, सामाजिक सुरक्षा र प्रमाणमा आधारित नीति निर्माणमा जोड दिए ।
नेफका कार्यकारी बोर्ड सदस्य राजेश श्रेष्ठले राइड–हेलिङ सेवाले र्पयटन, साना व्यवसायको विकास र रोजगारी सिर्जनामा महत्वपूर्ण भूमिका खेलेको बताए । उनले यो क्षेत्र केवल यातयातसँग मात्र नभई आर्थिक विकाससँग पनि जोडिएको उल्लेख गरे ।
इनड्राईभ नेपालका अध्यक्ष राजेश मास्केले राइड–हेलिङ क्षेत्रको तीव्र विस्तारलाई व्यवस्थित गर्न स्पष्ट कानुनी व्यवस्था र स्वस्थ्य प्रतिस्पर्धा आवश्यक रहेको बताए ।कार्यक्रममा दराज नेपालकी प्रबन्ध निर्देशक आँचल कुँवर, विश्व बैंक समूहकी वरिष्ठ सामाजिक संरक्षण विशेषज्ञ जास्मिन राजभण्डारी तथा कानुन व्यवसायी समन्त दाहाल सहभागी थिए । उनीहरुले डिजिटल व्यवसाय, गिग श्रमिकको सामाजिक सुरक्षा, महिला सहभागिता तथा स्पष्ट कानुनी संरचनाको आवश्यकताबारे धारणा राखेका थिए ।
कार्यक्रममा नेफका अध्यक्ष सुजीव शाक्यले नेपालमा गिग अर्थतन्त्रको विकासका लागि निजी क्षेत्र, सरकार तथा अन्य सरोकारवालासँग सहकार्य गर्दै अनुसन्धान र संवादलाई निरन्तरता दिने प्रतिबद्धता गरे ।
कार्यक्रममा नीति निर्माता, व्यवसायी, अर्थविद् तथा विकास क्षेत्रका प्रतिनिधिहरु सहभागीि भई गिग अर्थतन्त्र र राइड–हेलिङ क्षेत्रको वर्तमान अवस्था र भविष्यबारे छलफल गरिएको थियो । सहभागीहरूले गिग अर्थतन्त्र नेपालका युवाहरूका लागि आम्दानीको अवसर सिर्जना गर्ने प्रभावकारी माध्यम बन्दै गएको बताएका थिए ।