हिट्को अटोमोटिभ कम्पोनेन्ट्स अवार्डद्वारा सम्मानित

नेपालमा लामो समय देखि अटोमोटिभ आफ्टर मार्केटका लागि आवश्यक कम्पोनेन्ट्स उपलब्ध गराइरहेको हिट्को प्रालिका म्यानेजिङ डाइरेक्टर प्रदीपमान प्रधान ‘अटोमोटिभ कम्पोनेन्ट्स अवार्ड २०२६’ द्वारा सम्मानित भएका छन् ।

ईश्वरलाल प्रतिष्ठानसँगको सहकार्यमा कर्पोरेट मिडिया ग्रुपद्वारा आयोजित १८औँ संस्करणको ‘कर्पोरेट बिजनेस समिट एन्ड अवार्ड, २०२६’ अन्तर्गत हिट्को प्रालिका म्यानेजिङ डाइरेक्टर प्रदीपमान प्रधानलाई सो अवार्ड प्रदान गरिएको हो ।

होटेल ¥याडिसनमा आयोजित विशेष समारोहमा प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति हरि ढकालले उनलाई सो अवार्ड प्रदान गरे ।

उक्त व्यावसायिक समुदायमा पु¥याएको असाधारण नेतृत्व, व्यावसायिक दक्षता र उल्लेखनिय योगदान वापत उनलाई सो अवार्ड प्रदान गरिएको बताइएको छ ।

प्रदीपमान प्रधानको नेतृत्वमा रहेको हिट्को प्रालिले लामो समय देखि विशेष गरी ग्यारेज इक्विपमेन्ट र अन्य सेफ्टी इक्विपमेन्टहरु उपलब्ध गराइरहेको छ ।

हिट्कोले हाल टु ह्विलर, फोर ह्विलर, ट्रयाक्टर, हेभी इक्विपमेन्ट मर्मतका लागि आवश्यक टुल्स, पार्ट्स जस्ता उपकरण उपलब्ध गराउँदै आएको छ ।

त्यसैगरी उद्योगका लागि एयर कम्प्रेसर र मेटरियल ह्यान्डलिङ उपकरण उपलब्ध गराइरहेको छ ।

कुनै पनि सवारी साधन बिक्री गरेपछि बिक्रीपछिको सेवा उपलब्ध गराउनका लागि विभिन्न प्रकारका वर्कसप वा अन्य पूर्वाधारको आवश्यकता पर्छ । ती सबै पूर्वाधार कार्यका लागि आवश्यक उपकरण हिट्कोले उपलब्ध गराउदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *