नेपालका लागि टीभीएस दुईपांग्रे तथा तीनपांग्रे सवारीसाधनको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रालिले ट्याक्स फ्री योजना सार्वजानिक गरेको छ ।
कम्पनीले ‘२ वर्ष ट्याक्स फ्री– टीभीएसमा खुशी नै खुशी’ योजना सार्वजनिक गरेको हो ।
कम्पनीका अनुसार योजनाअन्तर्गत टीभीएसका मोटरसाइकल तथा स्कुटर खरिद गर्ने ग्राहकले दुई वर्षसम्मको सवारी कर सुविधा प्राप्त गर्नेछन् ।
यसबाट सवारी स्वामित्वसँग सम्बन्धित खर्च घट्ने कम्पनीको दाबी छ ।
कम्पनीका अनुसार ग्राहकले नागरिकता र चालक अनुमतिपत्रका आधारमा फाइनान्स सुविधा, मासिक दुई हजार आठ सय ९९ रुपैयाँबाट सुरु हुने (EMI) ईएमआई योजना तथा पुरानो सवारीसाधन साटेर नयाँ टीभीएस खरिद गर्न सकिने एक्सचेन्ज सुविधा पनि प्राप्त गर्नेछन् ।
कम्पनीले टीभीएसका सवारीसाधनको गुणस्तर, प्रदर्शन र देशव्यापी सेवा सञ्जाललाई योजनाको थप आकर्षणका रूपमा प्रस्तुत गरेको छ ।
जगदम्बा मोटर्सका उपाध्यक्ष दीपक रौंनियारले ग्राहकलाई अधिकतम सुविधा उपलब्ध गराउने उद्देश्यले योजना ल्याएको बताए ।
उनका अनुसार योजनाले सवारी खरिद प्रक्रियालाई थप सहज, किफायती र आकर्षक बनाउनेछ ।