नेपालमा विद्युतीय सवारी साधनको प्रयोगलाई थप प्रवद्र्धन गर्ने उद्देश्य सहित एसटिसी अटो सोलुसन, नेपालको लागि एम्पियर इलेक्ट्रिक स्कुटरको आधिकारिक वितरकले आफ्ना ग्राहकहरूका लागि विशेष कार्यक्रम ‘‘Ride to Sanga’’ सफलतापूर्वक आयोजना गरेको छ ।
उक्त कार्यक्रम काठमाडौंको रबिभवन एम्पियर शोरुमबाट बिहान ७ः३० बजे सुरु भई साँगा हुँदै भक्तपुरस्थित होटल भादगाउँमा सम्पन्न भएको थियो ।
कार्यक्रममा एम्पियर नेक्सस स्कुटर प्रयोगकर्ता ग्राहकहरूको उत्साहजनक सहभागिता रहेको थियो ।
कार्यक्रमको सुरुवात सहभागीहरूको स्वागत, राइड ब्रिफिङ तथा सुरक्षा सम्बन्धी आवश्यक जानकारी प्रदान गर्दै गरिएको थियो ।
त्यसपछि सहभागीहरूले सामूहिक रूपमा साँगासम्म राइड गर्दै आपसी अन्तरक्रिया तथा अनुभव साटासाट गरेका थिए । कार्यक्रम उत्साहपूर्ण सहभागिता सहित सफलतापूर्वक सम्पन्न भएको थियो ।
कम्पनीले यस कार्यक्रम मार्फत आफ्ना ग्राहकहरूसँग अझ नजिकको सम्बन्ध निर्माण गर्नुका साथै विद्युतीय सवारी साधनप्रति सकारात्मक सोच विकास, सुरक्षित र जिम्मेवार सवारी संस्कृतिको प्रवद्र्धन तथा वातावरण मैत्री यातायातको सन्देश प्रवाह गर्ने उद्देश्य राखेको जनाएको छ ।