टाटाको मूल्य वृद्धि हुने

टाटा मोटर्सले आगामी जुलाई १ देखि लागू हुने गरी आफ्नो सवारी साधनको लाइनअपमा १.५ प्रतिशतसम्म मूल्य वृद्धि गर्ने घोषणा गरेको छ ।

मूल्य वृद्धिबाट आईसीई र ईभी दुवै मोडेलहरू प्रभावित हुने बताइएको छ, वृद्धि दर मोडल र भेरिएन्ट अनुसार फरक पर्ने जनाइएको छ ।

कम्पनीका अनुसार, बढ्दो इनपुट लागत र मुद्रास्फीतिको दबाबको प्रतिक्रियामा मूल्यहरू परिमार्जन गर्न लागिएको हो ।

कम्पनीले एक विज्ञप्ती जारी गर्दै लागत बृद्धिको एक भागमात्र ग्राहकहरूलाई हस्तान्तरण गर्न लागिएको जनाएको छ ।

टाटा मोटर्सले हाल भारतमा टियागो, टिगोर, पन्च नेक्सन, कर्भ, सिएरा, ह्यारियर र सफारी जस्ता आईसिई मोडल उपलब्ध गराउँदै आएको छ । साथै, ईभीमा टियागो, पन्च, नेक्सन, कर्भ र ह्यारियर समावेश छन् ।

भारतमा हुने सो मूल्यबृद्धिले नेपाली बजारलाई समते प्रभाव पर्ने सहजै अनुमान गर्न सकिन्छ ।

टाटा मोटर्सले हाल नेपालमा टियागो, पन्च, कर्भ, नेक्सन, सफारी, एच-५ र टिगोरजस्ता मोडल उपलब्ध गराउँदै आएको छ ।

जसअन्तर्गत, टियागो, नेक्सन, पन्च, र टिगोर ईभी भर्सनमा समेत उपलब्ध छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *