नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल (नाडा) ले आगामी भदौ ९ देखि १४ गतेसम्म ‘नाडा अटो शो २०२६’ आयोजना गर्ने घोषणा गरेको छ।
यस १८औं संस्करणको बृहत् अटो शोका लागि जेठ १८ गतेदेखि २६ गतेसम्म स्टल बुकिङ खुल्ला गरिएको नाडाले जनाएको छ।
यो मेलाले नेपालका अटोमोबाइल उत्पादक, आयातकर्ता, वितरक तथा सेवा प्रदायकहरूलाई आफ्ना नवीनतम गाडी, प्रविधि र पाटपूर्जाहरू प्रदर्शन गर्ने उत्कृष्ट अवसर प्रदान गर्नेछ।
स्टल बुकिङ सम्बन्धी विस्तृत जानकारी र आवेदन प्रक्रिया व्यवस्थापक कम्पनी ग्लोबल एक्स्पोजिसनबाट प्राप्त गर्न सकिने भन्दै नाडाले सबै सम्बन्धित संस्थाहरूलाई समयमै बुकिङ सुनिश्चित गर्न आह्वान गरेको छ।