यामाहाको राष्ट्रिय सेल्स स्किल सम्पन्न

नेपालका लागि यामाहाको आधिकारिक वितरक एमएडब्लू राइड्स प्रा.लि. ले देशभरका डिलरहरूबाट उत्कृष्ट सेल्स र सर्भिस प्रतिभाहरू छनोट गर्दै ‘रिजनल तथा राष्ट्रिय सेल्स स्किल कन्टेस्ट २०८२/८३’ सम्पन्न गरेको छ।

यामाहा ट्रेनिङ एकेडेमी (YTA) को छातामुनि आयोजित यस प्रतियोगिताको मुख्य उद्देश्य अग्रपंक्तिमा कार्यरत जनशक्तिको सीप बढाउनु, उत्कृष्टताको सम्मान गर्नु र ग्राहकलाई अझ स्तरीय सेवा प्रदान गर्नु रहेको थियो।

काठमाडौं, इटहरी, बुटवल, भरतपुर र नेपालगञ्ज लगायतका प्रमुख शहरहरूमा भएको क्षेत्रीय छनोटबाट उत्कृष्ट प्रदर्शन गर्दै कुल ३० जना फाइनलिस्टहरूले जेठ १६ गते काठमाडौंमा भएको राष्ट्रिय प्रतियोगितामा प्रतिस्पर्धा गरेका थिए।

सेल्सतर्फ बी एण्ड बी अटो ट्रेडर्सका चूडामणि आचार्य र सर्भिसतर्फ मोटो क्राफ्टका प्रवीण सान्डा राष्ट्रिय विजेता (Winner) बन्न सफल भएका छन्।

सबै विजेताहरूले भैरहवास्थित यामाहा फ्याक्ट्री भ्रमण गर्ने अवसर पाउनेछन् भने सर्भिसतर्फका विजेताहरूले विश्वस्तरीय सीप प्रतियोगितामा समेत नेपालको तर्फबाट सहभागिता जनाउन पाउनेछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *