नेपालका लागि ओमोडा एन्ड जेकुको आधिकारिक वितरक एसपीजी अटोमोबाइल्सले बहुप्रतीक्षित इलेक्ट्रिक एसयूभी ‘ओमोडा ई५ प्रो’ (Omoda E5 Pro) आधिकारिक रूपमा बजारमा ल्याएको छ।
यसअघि १ हजार ५ सयभन्दा बढी गुडिसकेको ओमोडा ई५ को सफलतापछि आएको यस प्रो मोडलमा ५०.७ किलोवाट आवरको ब्याट्री, ९९ किलोवाटको मोटर र १९१ एमएमको उत्कृष्ट ग्राउन्ड क्लियरेन्स रहेको छ, जसले सिंगल चार्जमा ३५० किमी (WLTP) रेन्ज दिन्छ।
नयाँ गाडीमा फ्यूचरिस्टिक बाहिरी डिजाइनसहित भित्री केबिनमा ड्राइभर मसाज सिट, ८ वटा सोनी स्पिकर, १५.६ इन्चको ठूलो इन्फोटेनमेन्ट डिस्प्ले, १९ भन्दा बढी एडास (ADAS) सुरक्षा फिचर्स र ५४० डिग्री क्यामेरा जस्ता अत्याधुनिक सुविधाहरू रहेका छन्।
कम्पनीले यसको मूल्य सिंगल टोनका लागि ५१ लाख ५९ हजार र डुअल टोनका लागि ५१ लाख ९९ हजार रुपैयाँ तोकेको छ।
गाडी सार्वजनिक भएको अवसरमा सुरुवाती ५० जना ग्राहकका लागि ४९ लाख ९९ हजार रुपैयाँको विशेष छुट मूल्य र एक वर्षको निःशुल्क अटो प्लस इन्स्योरेन्सको अफर समेत राखिएको छ, जसको बुकिङ देशभरका शोरुमबाट खुला भइसकेको छ।