भोया ईभीमा डोङफेङको हिस्सेदारी थपियो

डोङफेङ मोटरको एक सहायक कम्पनीले प्रिमियम विद्युतीय सवारी (ईभी) ब्रान्ड भोया अटोमोटिभको थप सेयर खरिद गर्दै कम्पनीमाथिको आफ्नो नियन्त्रण अझ बलियो बनाएको छ।

डोङफेङ मोटर हङकङले सेकेन्डरी बजारमार्फत भोयाको थप २ करोड १ लाख ९० हजार कित्ता सेयर खरिद गरेसँगै यस ब्रान्डमा डोङफेङ र सम्बद्ध निकायहरूको कुल हिस्सेदारी ७०.०२ प्रतिशत पुगेको छ।

सन् २०२१ मा औपचारिक रूपमा स्थापना भई मुख्यत: प्रिमियम मूल्य वर्गका विद्युतीय सवारी उत्पादन गर्दै आएको भोया ब्रान्ड यसै वर्ष मार्च १९ मा हङकङ स्टक एक्सचेन्जमा आधिकारिक रूपमा सूचीकृत भएको थियो।

यो ईभी ब्रान्डले व्यावसायिक रूपमा ठूलो फड्को मार्दै सन् २०२५ मा १ अर्ब २ करोड युआन खुद नाफा कमाउनुका साथै सोही वर्ष गाडी बिक्री संख्या १ लाख ५० हजारभन्दा बढी पुर्‍याएको छ।

कम्पनीको व्यापारिक वृद्धिदर आक्रामक बन्दै गएको अवस्थामा यस वर्षको पहिलो चार महिनामा मात्रै भोयाले ४९ हजार ३८ वटा गाडी ग्राहकलाई हस्तान्तरण गरिसकेको छ, जुन अघिल्लो वर्षको तुलनामा ३६.०२ प्रतिशतले बढी हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *