नेपालमा उबरको सेवा सुरु हुँदै

अन्तर्राष्ट्रिय राइड सेयरिङ कम्पनी उबरले नेपालमा आफ्नो सेवा विस्तार गर्न ट्याक्सीमाण्डूसँग रणनीतिक साझेदारी गरेको छ।

यस सम्झौता अनुसार ट्याक्सीमाण्डूले नेपालमा उबरका लागि ‘ब्याक-ऑफिस पार्टनर’ को रूपमा काम गर्नेछ, जसले मुख्यतया प्राविधिक, व्यवस्थापकीय र ड्राइभर व्यवस्थापनको जिम्मेवारी सम्हाल्नेछ।

यो साझेदारीसँगै ट्याक्सीमाण्डूमा आवद्ध भएका ड्राइभरहरू स्वतः उबरसँग जोडिनेछन् र नयाँ ड्राइभरहरूलाई एपमा ल्याउने काम पनि ट्याक्सीमाण्डूले नै गर्नेछ।

कम्पनीले काठमाडौँमा उबरको ‘ट्रायल’ सेवा सुरु गरिसकेको छ र आउँदो जुन १ सम्ममा प्रि-लन्च गर्ने तयारी गरेको छ।

सुरुवाती चरणमा उबरले ड्राइभरहरूलाई आकर्षित गर्न ‘जिरो कमिसन’ को रणनीति अपनाउन सक्ने अनुमान गरिएको छ।

नेपालको हालको कानुनी व्यवस्था अनुसार निजी (रातो प्लेट) सवारी साधनलाई व्यावसायिक रूपमा राइड सेयरिङ गर्ने अनुमति नभएकाले उबरले अहिलेका लागि मात्र ट्याक्सी वा सरकारी नियम अनुसारका सवारीसाधन मात्र आबद्ध गराउनेछ।

सरकारले निजी गाडीलाई पनि राइड सेयरिङ गर्न दिने गरी नयाँ नीतिगत व्यवस्था गरेपछि मात्र उबरले निजी गाडीहरू थप्ने योजना बनाएको छ।

नेपालमा यसअघि नै स्थापित पठाओ र इनड्राइभ जस्ता कम्पनीहरूसँग उबरले प्रतिस्पर्धा गर्नुपर्ने देखिन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *