महिन्द्रा बोलेरो म्याक्स पिकअप सार्वजनिक

अग्नि ग्रुप अन्तर्गतको अग्नि इन्कर्पोरेटेड प्रालिले चितवनको कुरिनटारमा अत्याधुनिक विशेषताहरूले भरिएको नयाँ ‘महिन्द्रा बोलेरो म्याक्स पिकअप एचडी’ गाडी सार्वजनिक गरेको छ।

मुग्लिङ प्रहरी कार्यालयका प्रहरी निरीक्षक प्रतिक सिंहले एक विशेष समारोहका बीच व्यावसायिक प्रयोजन, ग्रामीण सडक र अफरोड क्षेत्रका लागि विशेष रूपमा डिजाइन गरिएको यस गाडीको अनावरण गर्नुभयो।

कुरिनटारस्थित महिन्द्रा सोरुम का शाखा प्रमुख सुरेश रायामाझी का अनुसार “महेन्द्र बोलेरो म्याक्स पिकअप एचडी” अन्य बोलेरो गाडीभन्दा फरक तथा आधुनिक विशेषतायुक्त रहेको छ।

यो नयाँ पिकअपमा शक्तिशाली २५२३ सीसी (CC) को BSVI इन्जिन, ९ फिट लामो ढाला, ५.६ इन्चको चौडाइ, २१० एमएम उच्च ग्राउन्ड क्लियरेन्स र रियर पार्किङ सेन्सर जस्ता आधुनिक सुविधाहरू रहेका छन्।

नयाँ प्रविधियुक्त यो २-ह्विल ड्राइभ (2WD) मोडलले अफरोड र चुनौतीपूर्ण सडकहरूमा समेत उत्कृष्ट माइलेज दिने तथा भारी सामान ढुवानीका लागि निकै आरामदायी र सुरक्षित रहेको कम्पनीले जनाएको छ।

कम्पनीले यस गाडीको बुकिङ खुला गर्दै १.७ एलएक्स मोडलको मूल्य २९ लाख ९५ हजार रुपैयाँ र २.० एल एसएक्सआई मोडलको मूल्य ३२ लाख ९५ हजार रुपैयाँ निर्धारण गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *