नेपालमै उत्पादन हुँदै आएका ब्याट्री ब्रान्डहरू एसटीसी राइड र एसटीसी इनर्जीले नेपाली महिला राष्ट्रिय फुटबल टोलीका तीन खेलाडीलाई आफ्नो आधिकारिक ब्रान्ड एम्बासडर नियुक्त गरेका छन्।
अखिल नेपाल फुटबल संघ (एन्फा) परिसरमा आयोजित एक कार्यक्रममा राष्ट्रिय टोलीका चर्चित खेलाडीहरू रेखा पौडेल, दीपा शाही र मनमाया दमाईसँग औपचारिक सम्झौता गरिएको हो।
सम्झौता अनुसार रेखा पौडेल र दीपा शाहीले दुई पाङ्ग्रे तथा चार पाङ्ग्रेका लागि लोकप्रिय ‘एसटीसी राइड’ र मनमाया दमाईले पावर ब्याकअपका लागि परिचित ‘एसटीसी इनर्जी’ को प्रतिनिधित्व गर्नेछन्।
हेटौंडा औद्योगिक क्षेत्रमा उत्पादन प्लान्ट रहेको श्री एसटीसी ग्रुपले अटोमोटिभ र ऊर्जा क्षेत्रमा उच्च कार्यक्षमता र लामो आयु भएका ब्याट्रीहरू बजारमा बिक्री-वितरण गर्दै आएको छ।
एसटीसी ग्रुपका प्रबन्ध निर्देशक एवं नाडाका अध्यक्ष सुरेन्द्र कुमार उप्रेतीले खेलकुद क्षेत्र र युवापुस्तालाई प्रोत्साहन गर्ने उद्देश्यले राष्ट्रिय खेलाडीहरूलाई आवद्ध गराउन पाउँदा गौरव लागेको बताए।