काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टाभित्र ट्राफिक नियम उल्लंघन गर्ने १८०६ जना सवारी चालकहरू कारबाहीमा परेका छन्।
यस कारबाहीबाट सरकारले १८ लाख ७६ हजार ५०४ रुपैयाँ राजस्व संकलन गरेको छ।
उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार कारबाहीमा पर्नेहरूमा मादक पदार्थ सेवन (मापसे) गर्ने ७७ जना, नियमविपरीत ‘राइड सेयरिङ’ गर्ने १६२ जना, र तीव्र गतिमा सवारी चलाउने ८८ जना रहेका छन्।
यस्तै, ट्राफिक संकेत उल्लंघन गर्ने, लेन अनुशासन नमान्ने, र निषेधित क्षेत्रमा हर्न बजाउने चालकहरूलाई पनि कारबाही गरिएको छ।
ट्राफिक नियमको पालना गरी सुरक्षित यात्रा गर्न प्रहरीले सबैमा अनुरोध गरेको छ।