Skip to content
गत सोमबारको वर्षा र रोशी खोलाको बाढीले अवरुद्ध भएको बिपी राजमार्ग तीन दिनपछि खुलेको छ।
काभ्रेपलाञ्चोकको रोशी क्षेत्रमा अस्थायी डाइभर्सन बनाएर बिहीबार बिहानदेखि सवारी आवागमन सुचारु गरिएको हो।
यद्यपि, वर्षा जारी रहेकाले सडकको अवस्था अझै जोखिमपूर्ण छ। प्रहरीले अत्यावश्यक काम बाहेक यो मार्गबाट यात्रा नगर्न अनुरोध गरेको छ।

बाढीले सडक बगाएको ठाउँमा अस्थायी बाटो बनाइएकाले पानी पर्ने बित्तिकै यात्रा असहज हुने गरेको छ।
यो राजमार्गले काठमाडौंलाई पूर्वी नेपालसँग जोड्ने गर्दछ।
Post Views: 12