उदयपुरका विभिन्न सरकारी कार्यालयमा रहेका करोडौं मूल्यका सवारीसाधन लामो समयदेखि थन्किएर कबाड बनेका छन्।
जिल्ला समन्वय समिति, जिल्ला अस्पताल, प्रहरी कार्यालय र रेडक्रस लगायतका निकायमा रहेका पजेरो, बोलेरो र दर्जनौं मोटरसाइकलहरू समयमा लिलामी र मर्मत नहुँदा प्रयोगविहीन भएका हुन्।
कर्मचारी र जनप्रतिनिधिहरूले पुराना गाडी मर्मत गर्नुको साटो नयाँ किन्ने प्रवृत्ति बढेकाले राज्यको सम्पत्ति नोक्सान भइरहेको छ।
जटिल कानुनी प्रक्रिया र बजेट अभावका कारण यी साधनहरू खिया लागेर काम नलाग्ने अवस्थामा पुगेका छन् भने कतिपयका पार्टपुर्जाहरू समेत चोरी हुने गरेको पाइएको छ।