ओलीद्वारा दोहोरो सुविधाको गाडी फिर्ता

पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूले प्रयोग गर्दै आएको दोहोरो सुविधाको गाडी सरकारलाई फिर्ता गरेका छन्।

गृह मन्त्रालयले दोहोरो सुविधामा रहेका सवारी साधन फिर्ता गर्न पत्राचार गरेपछि ओलीले बा १३ च ६४३७ नम्बरको निजी नम्बर प्लेटको गाडी बुझाएका हुन्।

सरकारले पूर्वविशिष्ट पदाधिकारीहरूले प्रयोग गरिरहेका गाडीहरूको विवरण खोज्न सुरु गरेसँगै यो कदम चालिएको हो।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको निर्देशनपछि गृह मन्त्रालयले सरकारी सवारी साधनको दुरुपयोग रोक्न सक्रियता देखाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *