इनड्राइभ ‘युनिकर्न कम्युनिटी’मा आबद्ध

विश्वव्यापी मोबिलिटी प्लेटफर्म इनड्राइभ आधिकारिक रूपमा वल्र्ड इकोनोमिक फोरमको ‘युनिकर्न कम्युनिटी’मा समावेश भएको छ।

यो प्रतिष्ठित समूहमा उच्च वृद्धि दर भएका र सकारात्मक प्रभाव पार्ने विश्वका चुनिएका कम्पनीहरूलाई मात्र निमन्त्रणा गरिन्छ।

नेपालमा समेत लोकप्रिय रहेको इनड्राइभले आफ्नो ‘पियर-टु-पियर’ मोडल मार्फत चालक र यात्रुलाई सिधै भाडा तय गर्ने सुविधा दिँदै आएको छ।

कम्पनीले पारदर्शिता र न्यायोचित डिजिटल अर्थतन्त्र निर्माणमा जोड दिँदै ४८ देशका १,००० भन्दा बढी सहरमा सेवा विस्तार गरिसकेको छ।

इनड्राइभका सीईओ आर्सेन टम्स्कीका अनुसार, यो आबद्धताले अन्यायपूर्ण बजार प्रणालीलाई चुनौती दिँदै प्रयोगकर्ताको नियन्त्रण बढाउन र विश्वव्यापी रूपमा समावेशी आर्थिक अवसरहरू सिर्जना गर्न मद्दत पुग्नेछ।

यससँगै इनड्राइभले नेपाल जस्ता उदीयमान बजारका अनुभव र चुनौतीहरूलाई अब अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत गर्ने लक्ष्य राखेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *