म्याग्दीको वाखेतमा पक्की सडक

म्याग्दीको बेनी नगरपालिका-१०, पात्लेखेतको वाखेतमा १६ वर्षपछि सडक पक्की भएको छ।

स्थानीय पूर्वाधार आयोजना पोखराको लगानीमा गहतेचोकदेखि राम्जाली मन्दिरसम्मको खण्ड ढलान गरी स्तरोन्नति गरिएको हो।

सडक पक्की भएपछि पहिले २० मिनेट लाग्ने यात्रा अब मात्र ५ मिनेटमा छोटिएको छ।

दुप्चेश्वर शुभम् बिल्डर्सले २ करोड ३६ लाख रुपैयाँमा ठेक्का लिएको यो योजना असार मसान्तसम्मको म्याद भए पनि लक्ष्यभन्दा दुई महिना अघि नै सम्पन्न भएको छ।

कुल १ किलोमिटर ७०० मिटर सडक स्तरोन्नति गर्ने लक्ष्य रहेको यस आयोजनाले स्थानीय बासिन्दाका साथै पर्यटकीय क्षेत्र टोड्के जाने पर्यटकहरूलाई समेत ठूलो सहजता पुर्‍याएको छ।

बाँकी खण्डको सडक पनि छिट्टै पक्की बनाउन स्थानीयले माग गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *